### |
दोलखा, भाद्र १५ । दोलखामा प्रसुती ब्यथा लागेर भर्ना गरिएकी एक महिलाको मृत्यु भएपछि चरिकोटस्थित सामुदायिक अस्पताल आज दिनभर तनावग्रस्त बनेको छ । रामेछापको प्रीति–१ कि २६ बर्षिया पार्वती श्रेष्ठको प्रसुतीका क्रममा मृत्यु भएपछि स्थानीय वासिन्दा र पीडित परिवारले अस्पताल तोडफोड गर्नुका साथै प्रदर्शन गरेका छन् ।
अस्पतालका डाक्टर अनिल मिश्रले मदिरा सेवन गरी शिकारु नर्सहरुको भरमा सुत्केरी गराउँदा पार्वतीको ज्यान गएको दाबी पीडितहरुले गरेका छन् । हिजो राती भर्ना गरिएकी पार्वतीको शिशु जन्माईसकेपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको थियो ।
सुत्केरी गराउने काममा खटिएका नर्सहरुले नै डाक्टर मिश्रले मदिरा सेवन गरेको बताएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुत्केरीको मृत्युपछि आक्रोशित स्थानीय र पीडितले अस्पताल भवनमा तोडफोड गरेपछि उत्पन्न तनावमा ११ जना प्रहरी समेत घाइते भएको जनाइएको छ ।
परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेको थियो । नवजात शिशुको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

## |
0 comments:
...