Headlines News :
Home » » नारायणगढ–मुग्लिन सडक फराकिलो हुने

नारायणगढ–मुग्लिन सडक फराकिलो हुने

###
चितवन, भाद्र १२ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड फराकिलो हुने भएको छ । दुई वर्षभित्रै यो सडकलाई ५ मिटरबाट बढाएर १० मिटर चौडा बनाइदैछ ।
अहिले सडक विस्तार अन्तरर्गत मुअब्जा दिने काम भइरहेको छ ।
यस सडक क्षेत्र भित्र कविलास, दाहाखानी, चण्डीभञ्ज्याङ र दारेचोक गाउं विकास समिति पर्दछन् । यस क्षेत्रमा रहेका कुल ४६ घरलाई मुअब्जा उपलब्ध गराउनुपर्ने छ ।
कविलास गाविसका २८ घर, चण्डीभञ्ज्याङ गाविसका १४ घर, दाहाखानी गाविसका २ र दारेचोक गाविसका २ घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक विस्तार दुई वर्षको योजना हो ।
यस आयोजना अन्तर्गत आँपटारी देखि झण्डै १७ किमि मुग्लिनतर्फ १५ मिटर सडक क्षेत्र विस्तार गरिने र त्यसभन्दा अगाडि मुग्लिन सम्म १३ किमि सडक विस्तार गरिने भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडकको चौडाइ हाल ५ देखि ६ मिटर छ । मुग्लिन नारायणगढ सडकखण्डको अधिकांश स्थान भत्केकोले दुई वटा सवारी एकै पटक आउजाउ गर्न बाटो साँघुरो हुने गर्छ ।
सडक साँघुरो भएकै कारण यस सडक क्षेत्रमा धेरै दुर्घटना पनि हुने गरेका छन्् । यस सडकबाट दैनिक हजारौंको संख्यामा सवारी आउनेजाने गर्छन् । राजधानी जाने र त्यहांबाट पूर्व पश्चिम जाने मुल बाटोको रुपमा यस सडकलाई लिइन्छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar