Headlines News :
Home » » युद्धमा ६ अर्ब डलर क्षति

युद्धमा ६ अर्ब डलर क्षति

###
रमल्लाह (एएफपी), श्रावण २२ - इजरायल तथा प्योलस्टाइनी सैन्य समूह हमासबीच गाजा क्षेत्रमा भएको एक महिना लामो युद्धमा प्यालेस्टाइनलाई ४ देखि ६ अर्ब अमेरिकी डलर बराबर क्षति पुग्ने आर्थिक उपमन्त्री तयसिर आम्रोले मंगलबार बताएका छन्। उनले यो अंक गाजाको अर्थतन्त्रमा परेको प्रत्यक्ष क्षतिको मात्र भएको र १८ लाख जनताले भोगेको क्षतिलाई समेत हेर्ने हो भने थप प्रभाव देखिने जानकारी दिए।

उक्त क्षेत्रमा स्थायी शान्ति स्थापना भएपछि क्षतिको विषयमा थप विवरण प्राप्त गर्न सकिने बताए। यस संघर्षमा १ हजार ८ सय ५० व्यक्तिको मृत्यु भएको छ भने करिब ५ लाख जनता विस्थापित भएका छन्।

सेप्टेम्बरमा नर्बेमा अन्तर्राष्ट्रिय दाताहरूको बैठक हुने जानकारी दिए। यस विषयमा उनले थप जानकारी दिएनन्। इजिप्ट र अमेरिकाको मध्यस्थतामा ७२ घन्टे युद्धविराम मंगलबार बिहान ८ बजेदेखि आरम्भ भएको छ। हाल इजरायली सेना गाजा क्षेत्रबाट फिर्ता भएको छ।

गाजामा जुलाई ८ देखि संघर्ष सुरु भएको हो र इजरायलले स्थलगत आक्रमण जुलाई १७ देखि आरम्भ गरेको थियो। गत साता गाजा क्षेत्रमा सयौं घर नष्ट भएका थिए। यसका साथमा यहाँको एक मात्र ऊर्जा केन्द्र बम आक्रमणमा परी बन्द भएको छ। यसले सिंगो गाजा क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ।

इजरायल तथा इजिप्टबाट अवरुद्ध भएको प्यालेस्टाइनी क्षेत्रले हाल पानी, ऊर्जा आपूर्तिमा निकै समस्या भोगिरहेको छ।

संघर्ष आरम्भ हुनुअगाडि नै गाजामा दिनको ८ देखि १२ घन्टासम्म विद्युत् आपूर्ति बन्द हुन्थ्यो। यसले अस्पताल विद्यालय, व्यापार तथा पानी प्रशोधन केन्द्रहरूको काममा निकै बाधा दिन्थ्यो।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar