|
###
|
काठमाडौं, भाद्र ५ । इजरायलले गरेको हवाई आक्रमणमा प्यालेष्टाइनको लडाकु समूह हमासका तीन वरिष्ठ नेता मारिएका छन् । हमासकाअनुसार मारिनेहरुमा मोहम्मल अबु शमाला, मोहम्मद बारहुम र रईस उल अत्तार छन् ।
उक्र आक्रमणमा अरु ६ सर्वसाधरण पनि मारिएको बताइएको छ । यो आक्रमणअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतात्याहुले गाजाका हमास लडाकुविरुद्ध कारबाही जारी राख्ने बताएका थिए ।
इजरायल र हमासबीच पछिल्लो युद्धविराम सकिएपछि आक्रमण फेरि सुरु भएको हो । हिजो मात्र इजरायलले ९२ पटक हवाई आक्रमण गरेको थियो भने हमासले १ सय ३७ पटक रकेट प्रहार गरेको बताइएको छ ।
मंगलबारको इजरायली आक्रमणमा हमासका शीर्ष कमान्डर मोहम्मद दीफकी पत्नी र छोरा मारिएका थिए ।
इजरायल र हमासबीच ६ साताअघि सुरु भएको संघर्षमा २१ सयभन्दा बढी मारिइसकेका छन् । (एजेन्सी)
![]() |
| फोटो फाइल |

##
|

0 comments:
...