Headlines News :
Home » , » बिरामी श्रीकृष्णले पठाए कारुणिक सन्देश

बिरामी श्रीकृष्णले पठाए कारुणिक सन्देश

###
काठमाडौ, साउन २२ – डिप निमोनिया भएर भारतको नयाँदिल्लीको एपोलो अस्पतालमा उपचार गराइरहेका अभिनेता श्रीकृष्ण श्रेष्ठले नेपाली दर्शकलाई कारुणिक सन्देश पठाएका छन् ।
युट्युबमा राखिएको अडियो सन्देशमा श्रीकृष्णले साउन २३ गते रिलिज हुन लागेको आफ्नो चलचित्र ‘कोहिनुर’को चिन्ता गरेका छन् । ‘निकै मेहनत गरेर बनाइएको चलचित्र कोहिनुरको रिलिज तपाईंहरु समक्ष बसेर धुमधामका साथ गरौ भन्ने सोचेको थिए तर सकिन’ श्रीकृष्णले दर्शकलाई संबोधन गर्दै भनेका छन् ‘कोहिनुरलाई आफ्नो सम्झेर माया गरिदिनुस्, बच्चा सम्झेर काँखमा राखिदिनुस्, त्यो नै तपाईहरुले मलाई दिएको ठुलो औषधि हुनेछ ।’
तीन हप्तादेखि पत्नी तथा अभिनेत्री स्वेता खड्का भारतको दिल्लीमा छन् । श्रीकृष्णले दर्शकलाई आफ्ना भगवान मान्दै दिएको अडियो सन्देशमा आफु चलचित्रको रिलिजमा आउन नसकेकोमा दुखी रहेको उल्लेख गरेका छन् ।
नेपाली चेलीबेटीको कथालाई दर्शकमाझ प्रस्तुत गर्ने आफ्नो पहिल्यैदेखिको सपना चलचित्र कोहिनूले पुरा गरिदिएको उनले सन्देशमा बताएका छन् । चलचित्रका नायक श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार नआएपछि कोहिनुरको बिशेष प्रिमियर शो रोकिएको छ । कोहिनुरको विशेष प्रिमियर गर्ने योजना नायक श्रीकृष्णले पहिल्यै बनाएका थिए तर उनको स्वास्थ्यमा सुधार आउन नसकेपछि चलचित्रको ग्रान्ड प्रिमियरको योजना विफल भयो । चलचित्रको स्पेशल शो आगामी शुक्रबार विहान हुने निर्देशक आकाश अधिकारीले जानकारी गराएका छन् ।
–अर्जुनकुमार संग्रौला
नायक श्रीकृष्ण श्रेष्ठ तथा नायिका स्वेता खड्काले दिल्लीको एपोलो अस्पतालबाट पठाएको अडियो सन्देश यस्तो छ:

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar