Headlines News :
Home » » सौतेनी आमाको हत्या गर्न खोज्ने मोडल जेल चलान

सौतेनी आमाको हत्या गर्न खोज्ने मोडल जेल चलान

###
काठमाडौं,भदौ १५–सौतेनी आमाको अपहरण गरी हत्या गर्न खोजेको आरोपमा पक्राउ परेकी मोडल ऋचा धमलालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । भक्तपुर जिल्ला अदालतले बिहिबार उनीसहित ६ जनालाई कारागार चलान गर्न आदेश दिएको हो । सौतेनी आमा ममता घिमिरे धमलालाई अपहरण गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले गत असार १५ मा ऋचा,उनका प्रेमी आशमान तामाङसहित ६ जनालाई पक्राउ गरेको थियो ।
 पारिवारिक तथा आर्थिक विवाद भएपछि ऋचाले १५ लाख रुपैयाँको सुपारी दिएर सौतेनी आमाको हत्या गर्न लगाएकी थिइन् । अपहरण गर्न गएका बेला दुई युवकलाई पक्राउ गरी प्रहरीले उनीहरुको योजना असफल बनाएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । ऋचा र आशमानसहित सुरेश तामाङ,शेषमान तामाङ,सुशील नापित र राजेश गुरुङ हत्या योजनामा संलग्न थिए । अपहरण गर्न गएका सुरेश र शेषमानलाई प्रहरीले ममताकै कोठाबाट पक्राउ गरेको थियो । 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar