Headlines News :
Home » , » इबोला औषधी बाँदरमा शतप्रतिशत सफल

इबोला औषधी बाँदरमा शतप्रतिशत सफल

###
<परिक्षणकै क्रममा रहेको इबोला भाइरस संक्रमणका लागि बनाइएको औषधी जेडम्याप औषधी बाँदरमा गरिएको अनुसन्धानमा शत प्रतिशत सफल देखिएको छ।
संक्रमण भएको पछिल्लो चरणमा पनि त्यो प्रभावकारी पाइएको बताइएको छ।
नेचर भन्ने जर्नलमा प्रकाशित तथ्यांकमा अनुसन्धानकर्ताहरुले भनेका छन् “यो इबोलाको उपचारमा अगाडि बढ्न असाध्यै महत्वपूर्ण पाइला हो।”
तर सीमित मात्र उत्पादन भएको यो औषधी पश्चिम अफ्रिकामा संक्रमित भएका करिब २० हजार मानिसका लागि यथेष्ट छैन।
र औषधी खुवाइएका सातमध्ये दुइजनाको पछि इबोलाबाटै निधन भएको छ।
परिक्षण
सिक्रेट सेरम भनिने गरेको जेड म्याप अझसम्म परिक्षणकै चरणमा छ र यसको प्रभावकारीताबारे तथ्यांक सार्वजनिक भइसकेको छैन।
गीनीमा शुरु भएर पन्ध्र सय भन्दा बढीको ज्यान लिइसकेको इबोलाको कुनै औषधी नभएकाले चिकित्सकहरुले यसतर्फ लागेका हुन्।
अनुसन्धानकर्ताहरुले विभिन्न प्रकारका रोग प्रतिरोधात्मक तत्वहरु एन्टीबडिजको मिश्रण बनाएर औषधी दिने तरिका खोजिरहेका छन्।
अघिल्ला मिश्रणले जनावरमा गरिएका अध्ययनमा केहि प्रभावकारिता देखाएको थियो।
मिश्रण
जेडम्याप तीनवटा एन्टीबडीको पछिल्लो मिश्रण हो।
पछिल्लोपटक रेसस मकाकस भनिने बाँदरमा गरिएको परिक्षणमा शत प्रतिशत बाँच्ने दर देखाएको छ।
यसमा जनावरलाई संक्रमण भएको पाँचौ दिनमा पनि औषधी दिइएको थियो।
बाँदरहरुका लागि पाँचौ दिन भनेको संक्रमणको पछिल्लो चरण हो त्यसको तीनदिनपछि उसको मरण हुन्छ।
बैज्ञानिकहरुले यसलाई महत्वपूर्ण भनेका छन् किनभने यस अघिका उपचार पद्दतीमा लक्षण देखा पर्नु अघि नै उपचार दिनुपर्थ्यो।
अनुसन्धानमा संलग्न द पब्लीक हेल्थ एजेन्सी क्यानडाका डा गेरी कोबिङ्गरले भने यो एन्टीबडी मिश्रण अघिल्लो भन्दा निकै राम्रो रह्यो।
खुशीको खबर
पाँचौ दिनको जनावर पनि बचाउने भनेपछि त्यो त मैले सोच्नै नसकेको कुरा भयो। यो निकै खुशीको खबर हो।
तर जनावरको तथ्यांक मानिसमा दुरुस्त होला भन्न सकिँदैन।
लाइबेरियाका डक्टर र स्पेनिश पुजारी दुवै जेडम्याप उपचार गरिएपनि निधन भएको थियो।
तर दुइजना अमेरिकी डक्टरलाई त्यसैले विरामी निको बनायो र ब्रीटीश विलियम पुलेलाई पनि जेडम्याप दिइएको छ।
जनावरमा भन्दा मानिसहरुमा संक्रमण विस्तारै हुने गर्छ।
त्यसैले संक्रमणको नवौं या एघारौं दिनमा पनि यो प्रभावकारी हुन सक्छ भन्ने अनुमान गरिएको छ।
डा कोबिङ्गरले भने तर संक्रमणले शरिरका मुख्य अंगहरुमा हानिसकेको छ भने पछाडि फर्कन संभव छैन त्यसैले यसको सीमितता छ।
यो समुहले औषधीको प्रभावकारिता जाँच्न मानिसहरुमा परिक्षण गर्न चाहेको छ।
bbcnepali
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar