Headlines News :
Home » , » प्रेम असफल भएपछि पागल बनेकी युवतीको उद्धार

प्रेम असफल भएपछि पागल बनेकी युवतीको उद्धार

###
। गोरखा, असोज १४ - मानसिक समस्या देखिएपछि २ वर्षदेखि घरमै थुनिएर बस्न वाध्य गोरखा बुंकोटकी अम्बिका थापामगरको निशुल्क उपचार हुने भएको छ ।
त्रिबि शिक्षण अस्पतालले उहाँको निशुल्क उपचारको व्यवस्था गरेको हो ।
उज्यालो अनलाइनमा अम्बिकाको कारुणिक अवस्था बारेको समाचार पढेपछि बुंकोट आएका शिक्षण अस्पतालका डाक्टर अजय थापाले अम्बिकालाई उद्धार गरि उपचारका लागि काठमाडौं लैजानु भएको छ । उहाँले अम्बिकाको घर पुगेर स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।  केहीबेर कुराकानी गरेपछि अम्बिकाको उपचार गर्न सकिने विश्वास लागेको थापाले बताउनुभयो । डाक्टर थापाले २ वर्षदेखि बन्द कोठाभित्र बस्न वाध्य अम्बिकालाई आफैंले नुवाईधुवाई गरिदिनुभएको थियो । ‘सुरुमा उनको अवस्था देख्दा र मलाई पनि आँसु आउला जस्तो भयो’ डाक्टर थापाले भन्नुभयो, ‘विस्तारै कोठाभित्र छिरें, केहीबेर कुरा गरें, त्यसपछि त उनले मेरो कुराको रेस्पोन्स गर्न थालिहालिन् ।’ उज्यालो अनलाइनमा अम्बिकाको अवस्थाबारे समाचार पढेपछि डाक्टर थापा एक्लै गोरखा आउनुभएको हो । ‘खबर पढेपछि मन नै सम्हाल्न सकिँन, बिदा मिलाएर गोरखा आएँ ।’ उहाँले भन्नुभयो । त्रिवि शिक्षण अस्पतालको मानसिक बार्डको बेड नम्वर १२ मा अम्बिकाको उपचार हुने डाक्टर थापाले बताउनुभयो । उपचार निशुल्क गराउन आफूले अस्पतालका निर्देशकसँग कुरा गरिसकेको डाक्टर थापाले बताउनुभयो । बुंकोट स्वास्थ्य चौकीको एम्बुलेन्समा गोरखा जिल्ला अस्पताल आइपुगेकी अम्बिकाले उज्यालो अनलाइनसँग पनि केहीबेर कुरा गर्नुभएको छ । यसअघि उहाँको घरमै पुग्दा केही नबोलेकी अम्बिकाले काठमाडौं जानुअघि भन्नुभयो ‘म काठमाडौं उपचार गर्न जान लागेका ।’ अम्बिकासँगै उहाँको बुबा दलबहादुर थापामगर पनि काठमाडौं जानुभएको छ । बिबाहका विषयमा परिवारसँग कुरा नमिलेपछि अम्बिकामा मानसिक समस्या देखिएको थियो र उहाँले २ वर्ष एउटा कोठामा बिताउनुभएको थियो ।

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar