|
###
|
टाँसिएको छ कि छैन, हेर्नुहोला। यस्तो स्टिकर नटाँसिएका होटेल र रेस्टुरेन्टमा खाना खाँदा ठगिनेमात्र होइन, बिरामी पनि पर्न सक्नुहुनेछ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राजमार्गका होटेल तथा रेस्टुरेन्टमा स्थलगत अनुगमन गरी खान योग्यमा हरियो वृत्तको स्टिकर टाँस्न थालेको छ। विभागका प्रवक्ता प्रमोद कोइरालाका अनुसार खानयोग्य होटेल चिन्न सजिलो होस् भनेर हरियो वृत्तको स्टिकर टाँसिएको हो। विभागले अनुगमन गरेका राजमार्गमा पर्ने मलेखुदेखि नवलपरासीसम्मका एक सय ६५ होटेलमध्ये १५ वटाले मात्र यस्तो स्टिकर पाएको उनले बताए। 'बढी मूल्य असुलेर पनि होटेल तथा रेस्टुरेन्टले सामान्य स्वस्थकर खाना उपलब्ध नगराएको फेलापरेको छ', कोइरालाले भने, 'अधिकांशको अवस्था तल्लो स्तरको भेटेका छौं। खाना ठसठस गनाएको पनि पाइयो। भान्छाघरमै ढलको पानी बगेको र कीटाणु हिँडिरहेको अवस्था प्राय: होटेलमा भेटियो।'
विभागले होटेल तथा रेस्टुरेन्टलाई खानाको गुणस्तरका आधारमा चार वर्गमा विभाजित गरेको छ। उत्तमलाई क वर्गमा राखेर हरियो वृत्तको स्टिकर प्रदान गरिएको छ। विभागले उपभोक्तालाई हरियो स्टिकर टाँसिएका होटेल तथा रेस्टुरेन्टमा मात्र खाना खान आग्रह गरेको छ। उसले हरियो स्टिकर नपाएका होटेलको खाना अस्वस्थकर भएको जनाएको छ। यसैगरी विभागले केही होटेल तथा रेस्टुरेन्टलाई सुधार आवश्यक भन्दै ख वर्ग (मध्यम स्तर) मा राखेको छ। यस्ता होटेलमा पहेंलो वृत्तमा एउटा रातो धर्का भएको स्टिकर टाँसिएको छ। न्यून स्तरका होटेललाई ग वर्गमा राखेर त्यस्तामा पहेंलो वृत्तमा दुईवटा रातो धर्का भएको स्टिकर टाँसिएको छ। घ वर्गमा बन्द गर्नुपर्ने अवस्थाका होटेललाई राखिएको छ। यस्तोमा रातो वृत्तको स्टिकर टाँसिएको छ।
विभागले हरियो स्टिकर टाँस गरेका होटेलहरूमा रामनगर-जुगेडी सडकखण्डका ३५ वटामध्ये राइट प्यालेस, तीर्थबाबा र कान्तिपुर होटेल छन्। यसैगरी नवलपरासी-थुम्सी सडकखण्डका १५ होटेलमध्ये न्यु घुम्टो तन्दुरी, पाल्पाली ढिँडो, हेरिटेज कटेज तथा रेस्टुरेन्ट, पाते ढिँडो रेस्टुरेन्ट र होटेल साकुरालाई पनि हरियो स्टिकर उपलब्ध गराइएको छ। मुग्लिनका ७५ वटा होटेलमध्ये थ्रि सिस्टर, जोमसोम, रूपसी, नवदुर्गा, डाँफे र थकाली होटेल, मलेखुका ४० होटेलमध्ये एकमात्र पिस हेभेन होटेललाई हरियो स्टिकर प्रदान गरिएको छ। 'बाँकीलाई मध्यम स्तर, न्यून स्तर र खराब स्तरको संकेत गर्ने स्टिकर प्रदान गरेका छौं', कोइरालाले भने।
विभागले दर्ता भएनभएको, होटेल र राजमार्गबीचको दूरी, सरसफाइ, दक्ष कामदार, हात धुने ठाउँ, तौलियाको व्यवस्था, पानीको स्रोत, गुणस्तर, शौचालय, होटेलमा प्रकाश र हावाको सुविधालाई आधार बनाएर स्टिकर प्रदान गर्ने मापदण्ड बनाएको छ। विभागले यिनै विषयलाई आधार बनाएर अनुगमन गरेको थियो। सोही आधारमा उत्तम अवस्थामा पाइएका १५ होटेल तथा रेस्टुरेन्टलाई हरियो स्टिकर प्रदान गरिएको जानकारी कोइरालाले दिए।
राजमार्गका होटेल तथा रेस्टुरेन्टले स्तरीय खाना नखुवाएको गुनासो आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वाणिज्य विभाग, साना तथा घरेलु उद्योग विभाग र स्थानीय जिल्ला प्रशासन कार्यालयको सहयोगमा यही असोज १ देखि ११ गतेसम्म स्थलगत अनुगमन गरेको थियो। अधिकांशमा बासी, सडेका र मिसावटयुक्त खाना पाइएको थियो। तरकारी र दालमा प्रयोग गर्ने तेल पनि अस्वस्थ र सरसफाइ नभएको पाइएको विभागका खाद्य निरीक्षक ईश्वर सुवेदीले बताए। होटेलहरूले खाना स्वस्थकर नभए पनि मूल्य भने चर्को लिँदै आएको अनुगमनका क्रममा खुलासा भएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राजमार्गका होटेल तथा रेस्टुरेन्टमा स्थलगत अनुगमन गरी खान योग्यमा हरियो वृत्तको स्टिकर टाँस्न थालेको छ। विभागका प्रवक्ता प्रमोद कोइरालाका अनुसार खानयोग्य होटेल चिन्न सजिलो होस् भनेर हरियो वृत्तको स्टिकर टाँसिएको हो। विभागले अनुगमन गरेका राजमार्गमा पर्ने मलेखुदेखि नवलपरासीसम्मका एक सय ६५ होटेलमध्ये १५ वटाले मात्र यस्तो स्टिकर पाएको उनले बताए। 'बढी मूल्य असुलेर पनि होटेल तथा रेस्टुरेन्टले सामान्य स्वस्थकर खाना उपलब्ध नगराएको फेलापरेको छ', कोइरालाले भने, 'अधिकांशको अवस्था तल्लो स्तरको भेटेका छौं। खाना ठसठस गनाएको पनि पाइयो। भान्छाघरमै ढलको पानी बगेको र कीटाणु हिँडिरहेको अवस्था प्राय: होटेलमा भेटियो।'विभागले होटेल तथा रेस्टुरेन्टलाई खानाको गुणस्तरका आधारमा चार वर्गमा विभाजित गरेको छ। उत्तमलाई क वर्गमा राखेर हरियो वृत्तको स्टिकर प्रदान गरिएको छ। विभागले उपभोक्तालाई हरियो स्टिकर टाँसिएका होटेल तथा रेस्टुरेन्टमा मात्र खाना खान आग्रह गरेको छ। उसले हरियो स्टिकर नपाएका होटेलको खाना अस्वस्थकर भएको जनाएको छ। यसैगरी विभागले केही होटेल तथा रेस्टुरेन्टलाई सुधार आवश्यक भन्दै ख वर्ग (मध्यम स्तर) मा राखेको छ। यस्ता होटेलमा पहेंलो वृत्तमा एउटा रातो धर्का भएको स्टिकर टाँसिएको छ। न्यून स्तरका होटेललाई ग वर्गमा राखेर त्यस्तामा पहेंलो वृत्तमा दुईवटा रातो धर्का भएको स्टिकर टाँसिएको छ। घ वर्गमा बन्द गर्नुपर्ने अवस्थाका होटेललाई राखिएको छ। यस्तोमा रातो वृत्तको स्टिकर टाँसिएको छ।
विभागले हरियो स्टिकर टाँस गरेका होटेलहरूमा रामनगर-जुगेडी सडकखण्डका ३५ वटामध्ये राइट प्यालेस, तीर्थबाबा र कान्तिपुर होटेल छन्। यसैगरी नवलपरासी-थुम्सी सडकखण्डका १५ होटेलमध्ये न्यु घुम्टो तन्दुरी, पाल्पाली ढिँडो, हेरिटेज कटेज तथा रेस्टुरेन्ट, पाते ढिँडो रेस्टुरेन्ट र होटेल साकुरालाई पनि हरियो स्टिकर उपलब्ध गराइएको छ। मुग्लिनका ७५ वटा होटेलमध्ये थ्रि सिस्टर, जोमसोम, रूपसी, नवदुर्गा, डाँफे र थकाली होटेल, मलेखुका ४० होटेलमध्ये एकमात्र पिस हेभेन होटेललाई हरियो स्टिकर प्रदान गरिएको छ। 'बाँकीलाई मध्यम स्तर, न्यून स्तर र खराब स्तरको संकेत गर्ने स्टिकर प्रदान गरेका छौं', कोइरालाले भने।विभागले दर्ता भएनभएको, होटेल र राजमार्गबीचको दूरी, सरसफाइ, दक्ष कामदार, हात धुने ठाउँ, तौलियाको व्यवस्था, पानीको स्रोत, गुणस्तर, शौचालय, होटेलमा प्रकाश र हावाको सुविधालाई आधार बनाएर स्टिकर प्रदान गर्ने मापदण्ड बनाएको छ। विभागले यिनै विषयलाई आधार बनाएर अनुगमन गरेको थियो। सोही आधारमा उत्तम अवस्थामा पाइएका १५ होटेल तथा रेस्टुरेन्टलाई हरियो स्टिकर प्रदान गरिएको जानकारी कोइरालाले दिए।
राजमार्गका होटेल तथा रेस्टुरेन्टले स्तरीय खाना नखुवाएको गुनासो आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वाणिज्य विभाग, साना तथा घरेलु उद्योग विभाग र स्थानीय जिल्ला प्रशासन कार्यालयको सहयोगमा यही असोज १ देखि ११ गतेसम्म स्थलगत अनुगमन गरेको थियो। अधिकांशमा बासी, सडेका र मिसावटयुक्त खाना पाइएको थियो। तरकारी र दालमा प्रयोग गर्ने तेल पनि अस्वस्थ र सरसफाइ नभएको पाइएको विभागका खाद्य निरीक्षक ईश्वर सुवेदीले बताए। होटेलहरूले खाना स्वस्थकर नभए पनि मूल्य भने चर्को लिँदै आएको अनुगमनका क्रममा खुलासा भएको छ।
|
##
|

0 comments:
...