###
|
|

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाजाँच छल्न आपराधिक मनोवृत्तिका विदेशीले अनेक हथकन्डा अपनाउँदै आएका छन्। शुक्रबार फ्लाई दुबईको उडान नम्बर ५७५ बाट दुबई हुँदै जर्जिया जान लागेका दुई जर्जियालीले च्यवनप्रासको बट्टाभित्र एक किलो चरेश लुकाएर लैजान लागेका थिए। तर सुरक्षाकर्मीले उनीहरूको योजना असफल बनाइदिए।
उनीहरूले बोकेको ब्याग एक्स-रे मेसिनमा जाँच गर्दा तीनवटा च्यवनप्रासका बट्टाभित्र एक किलो चरेश फेला परेको हो। विमानस्थल प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्युरो पठाएको छ। विदेशीले यसअघि पनि राइसकुकर, बुद्धको मूर्ति, माटोको भाँडा, जुत्ता, तोङबा खाने भाँडोलगायतमा समानमा फ ल्स बटम प्रयोग बनाएर लागूऔषध तस्करी गर्न खोज्दा विमानस्थल प्रहरीले पक्राउ गरेको थियो।
##
|
|
0 comments:
...