Headlines News :
Home » , » बुटवलमा दशै सस्तो बजार शुरु

बुटवलमा दशै सस्तो बजार शुरु

###
बुटवल । दशैलाई लक्षित गरि वुटवल उद्योग वाणिज्य सघंले सस्तो दशैवजार शुरु गरेको छ । हाटवजार लाईन स्थित कान्ति सभागृहमा सचांलन गरिएको दशैवजारमा ३० स्टलहरुको सहभागिता रहेको छ । दशैको वेलामा सर्वसाधारणहरु समान किन्दा निकैनै ठगिने गरेको गुनासोप्रति दशैवजारले उक्त गुनासो मेट्ने सघंका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले वताए ।
उनले उपभोक्ताहरुले सामान किन्दा ५ देखी ३० प्रतिशत सम्म छुट दिने गरि दशैवजार सचांलन गरिएको जानकारी दिए । उक्त सस्तो वजारमा खाद्यान्न सम्वन्धी सवै सामानहरु, तेल, चिनी, पेय पदार्थ सम्पुर्ण सामानहरु अन्य स्थानमा भन्दा सस्तो पाईने दशैवजार संयोजक विमलराज भट्टराईले जानकारी दिए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीको प्रमुख अतिथ्यता, सघंका अध्यक्ष सुरेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सघंका तर्फवाट ज्ञानेन्द्र कसजु, वरिष्ठ उपाध्यक्ष महेशमान सिहं, पश्चिम नेपाल वस व्यवसायी समितीका अध्यक्ष दधिराम खरेल लगायतले बोलेका थिए ।
दशैवजार असोज ८ देखी ११ गतेसम्म चल्नेछ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar