|
###
|
काठमाडौं : मुलुकमा विकासका लागि महत्त्वपूर्ण मानिने इन्जिनियर नै रोजगारीका लागि विदेसिनुपर्ने अवस्था भएको विज्ञहरूले बताएका छन्। डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन) को आयोजना र कान्तिपुर इन्जिनियरिङ कलेजको सहयोगमा 'प्राविधिकको वर्तमान अवस्था तथा वृत्ति विकासका चुनौती' विषयमा बुधबार राजधानीमा आयोजित गोष्ठीमा उनीहरूले यस्तो बताएका हुन। कार्यक्रममा इन्जिनियरहरूले स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न पनि सरकारसँग माग गरेका छन्।
इन्जिनियर जस्तो उच्च सम्मानका व्यक्ति नै रोजगारीका लागि भन्दै विदेशीको दास बन्न जाने अवस्था हुनु राष्ट्रकै लागि दुर्भाग्यपूर्ण रहेको उनीहरूको टिप्पणी छ। 'इन्जिनियरले नै यहाँ रोजगारी पाउने सभ्भावना छैन', उनीहरूको सामूहिक भनाइ छ, 'रोजगारीको अभावमा धेरै इन्जिनियर त महिनामा आठ हजार तलबले पनि काम गर्न बाध्य भइरहेका छन्।'
कान्तिपुर इन्जिनियरिङ कलेजका प्रिन्सिपल ई. रामेश्वर रिजालले आफ्नो कलेजले उत्पादन गरेका शतप्रतिशत इन्जिनियर रोजगारीका लागि विदेसिने गरेको सुनाए। 'हाम्रो कलेजबाट मात्रै वार्षिक तीन सय विद्यार्थीले इन्जिनियर पास गरेका हुन्छन्', उनले भने, 'तर ती सबै रोजगारीका लागि भन्दै विदेश गएका हुन्छन्।'
गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै डिनका सल्लाहकार डा. राजेन्द्रप्रसाद अधिकारीले प्राविधिकको वर्तमान अवस्था सन्तोषजनक नरहेको देखिएको बताए। उनीहरूको वृत्ति विकास नहुँदा दुई चार वर्षमै रोजगारी पाएकामा पनि वितृष्णा जाग्ने गरेको देखिएको बताए।
समस्या समाधानका लागि नीतिगत रूपमै अगाडि बढ्नुपर्ने खाँचो उनले औंल्याए। यसका लागि काउन्सिल ऐन आवश्यक भएको बताए। सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले छलफल गरेर ऐन ल्याउन सकिने जनाए।
कार्यक्रममा डिनका निवर्तमान अध्यक्ष लक्ष्मणबहादुर रायमाझी, अध्यक्ष कामेश्वरप्रसाद सिंहलगायतले प्राविधिकहरू आफूभन्दा तल्लो तहका कर्मचारीको मुनि बसेर काम गर्नुपर्ने अवस्था भएको बताए।
इन्जिनियर जस्तो उच्च सम्मानका व्यक्ति नै रोजगारीका लागि भन्दै विदेशीको दास बन्न जाने अवस्था हुनु राष्ट्रकै लागि दुर्भाग्यपूर्ण रहेको उनीहरूको टिप्पणी छ। 'इन्जिनियरले नै यहाँ रोजगारी पाउने सभ्भावना छैन', उनीहरूको सामूहिक भनाइ छ, 'रोजगारीको अभावमा धेरै इन्जिनियर त महिनामा आठ हजार तलबले पनि काम गर्न बाध्य भइरहेका छन्।'कान्तिपुर इन्जिनियरिङ कलेजका प्रिन्सिपल ई. रामेश्वर रिजालले आफ्नो कलेजले उत्पादन गरेका शतप्रतिशत इन्जिनियर रोजगारीका लागि विदेसिने गरेको सुनाए। 'हाम्रो कलेजबाट मात्रै वार्षिक तीन सय विद्यार्थीले इन्जिनियर पास गरेका हुन्छन्', उनले भने, 'तर ती सबै रोजगारीका लागि भन्दै विदेश गएका हुन्छन्।'
गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै डिनका सल्लाहकार डा. राजेन्द्रप्रसाद अधिकारीले प्राविधिकको वर्तमान अवस्था सन्तोषजनक नरहेको देखिएको बताए। उनीहरूको वृत्ति विकास नहुँदा दुई चार वर्षमै रोजगारी पाएकामा पनि वितृष्णा जाग्ने गरेको देखिएको बताए।
समस्या समाधानका लागि नीतिगत रूपमै अगाडि बढ्नुपर्ने खाँचो उनले औंल्याए। यसका लागि काउन्सिल ऐन आवश्यक भएको बताए। सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले छलफल गरेर ऐन ल्याउन सकिने जनाए।
कार्यक्रममा डिनका निवर्तमान अध्यक्ष लक्ष्मणबहादुर रायमाझी, अध्यक्ष कामेश्वरप्रसाद सिंहलगायतले प्राविधिकहरू आफूभन्दा तल्लो तहका कर्मचारीको मुनि बसेर काम गर्नुपर्ने अवस्था भएको बताए।
|
##
|

0 comments:
...