Headlines News :
Home » » जसको शासन आएपनि जनताको शासन आएन !(भिडियोमा हेर्नुहोस्)

जसको शासन आएपनि जनताको शासन आएन !(भिडियोमा हेर्नुहोस्)

###
काठमाण्डौ, असोज १२– राजनिती, राजनितीज्ञ र सरकारप्रति कडा व्यंग्य गरिएको र राष्ट्र भावले भरिएको ‘खै हाम्रो दिलमा त घामै लाएन, जसको शासन आएपनि, जनताको शासन आएन’ बोलको गीत यू–ट्यूबमा सार्वजनिक गरिएको छ ।
shiva subedi song
चर्चित गीतकार तथा संगीतकार शिव सुवेदीको एल्बम ‘दुखेको देश’ मा समावेश उक्त गीत केही दिनअघि राजधानीमा ठुला दलका नेताहरुको हातबाटै विमोचन गरिएको थियो । जनताको आवाजलाई बालेको उक्त गीतमा नेपालका १० जना चर्चित गायक–गायिकाको स्वर रहेको छ । स्वर दिनेहरुमा पशुपती शर्मा, पुरुषोत्तम न्यौपाने, बद्री पंगेनी, रामजी खाँड, खुमन अधिकारी, पुष्कल शर्मा, प्रकाश सपुत, जुना श्रीस र शान्तिश्री परियारको रहेका छन् । गीतलाई अर्जुन पोखरेलले एरेन्छ गरेका छन् ।

प्रकाशको भट्टले निर्देशन गरेको उक्त गीतको भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् । विष्णु शर्माको सम्पादन गरेको भिडियोलाई म्युजिक नेपालले यु–ट्यूबमा सार्वजनिक गरेको हो ।
Watch Song Here :-

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar