Headlines News :
Home » » नेपाल टेलिकममा कर्मचारी झडप

नेपाल टेलिकममा कर्मचारी झडप

###
काठमाडौं- गैर प्राविधिकलाई टेलिकमको प्रबन्ध निर्देशक बनाएको विरोधमा उत्रेको इन्जिनियर समूह र टेलिकमकै अन्य कर्मचारीबिच मुख्य कार्यालय भद्रकालीमा बुधबार झडप भएको छ। १५ दिनदेखि विरोधमा उत्रिएका इन्जिनियिर समूहलाई दसैंको बेला आन्दोलन नगर्न र दसैंको अफर ल्याउन समस्या भएको भन्दै सम्झाउन खोजेपछि दुवै पक्षबिच झडप भएको टेलिकमका कर्मचारी राजन अधिकारीले नागरिकलाई बताए।


झडपमा केहि कर्मचारी घाइतेसमेत भएका छन्। झगडा बढ्दै गएपछि टेलिकममा प्रहरी पुगेर स्थितिलाई नियन्त्रणमा लिएको थियो। झडपका कारण टेलिकमका केही ‰यालका शिशा, कूर्ची र गमलासमेत फुटेको छ। हात हालाहाल भएपछि आक्रोशित समूहले तोडफोड गरेको थियो।
सरकारले तीन साताअघि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा बुद्धिप्रसाद आचार्यलाई नियुक्त गर्ने निर्णय गरेपछि टेलिकमका इन्जिनियरहरुले गैरइन्जिनियर प्रबन्ध निर्देशक भएको भन्दै विरोध गर्दै आइरहेका छन्। उनीहरुले प्रबन्ध निर्देशकको कार्यकक्ष बाहिर धर्ना समेत दिँदै आइरहेका छन्।
टेलिकममा इन्जिनियरहरुको विरोधका कारण कम्पनीले दसैंतिहारलगायतलाई लक्ष्य गर्दै ल्याउन खोजेको अफर र स्किम समेत सार्वजनिक हुन सकेको छैन।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar