|
###
|
नवलपरासी : नाराययणगढ- बुटवल सडकखण्डमा पर्ने नवलपरासीको बाँसाबसहीमा यात्रुबाहक बस र एम्बुलेन्स आपसमा टोक्किदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने पच्चीस भन्दा बढी घाइते भएका छन्।
बुटवलबाट नारायणगणतर्फ जाँदै गरेको ना ५ ख २१८३ नम्बरको बस विपरित दिशाबाट जाँदै गरेको लु १ च ३७३० नम्बरको एम्बुलेन्स तथा सोही दिशातर्फ जाँदै गरेको लु ५ प ६४९४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। प्रहरीका अनुसार विपरीत दिशाबाट आउँदै गरेको बस र एम्बुलेन्स ठोक्किएर पल्टिदा एम्बुलेन्समा सवार २ जना र बसका २ जना गरी चार जनाको मृत्यु भएको हो।
दुर्घटनाको थप विवरण आउन बाँकी रहेको र उद्धार कार्य भइरहेको नवलपरासी प्रहरीले जनाएको छ। घाइतेहरूलाई स्थानीय मेडिकल, बर्दघाट र बुटवल पठाइएको छ भने उद्धार कार्यमा स्थानीय र सुरक्षाकमीहरू जुटेका छन्।

##
|

0 comments:
...