|
###
|
धामीको पेटबाट चार रालो निकालियो
जुम्ला , आश्विन १ - महावैपातरखोला १ का जनकवहादुर शाही एक सातादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार गराइरहेका छन । भगवान चढेको वेला घण्टाको राला निलेको र अछुतले छोएका कारण पेटमै अटकिएको भन्दै उनी अस्पताल आएका थिए ।
धामी झाँक्रीको काम गर्ने शाहीले राला (फलामको टुक्रा) निलेको भनिरहँदा डाक्टरलाई विश्वास समेत लागेको थिएन । शल्याकृया अघि उनीसँग डाक्टर निरेश थापाले अन्तरवार्ता लिए । उनले भगवान चढेको वेला निलेको, भिद गर्ने वेला अछुतले छोएकोले पेट भित्रै रहेको भन्ने जवाफ दिए । छ । उनले जसरी पनि शल्याकृया गरी निकाल्दिनु पर्यो भन्दै गुहार लगाए ।
'हामीले सोचेका पनि थिएनौं । साच्चै रहेछ छक्क पर्यौ,' डा. थापाले भने । शाहीको पेटबाट ९ देखि १५ सेन्टिमिटर लामो चार वटा राला (फलामको टुक्रा) झिकिएको उनले जानकारी दिए ।

चार दिन देखि पेट दुख्न सुरु भएपछि शाही सार्वजनिक वस चढेर, अनि हिडेरै आकस्मिक कक्षा पुगेका थिए। उनी २५ वर्षको उमेर देखि नै धामी झाँक्रीको काम गर्दै आएका हुन । उनले जुम्ला र कालिकोटका विभिन्न देवस्थल गई पटक पटक गरेर ३ सय ५ वटा राला निलेको, त्यसमध्ये ३ सय १ वटा पचाइसकेको दाबी गरे । , 'लुवा (फलाम) खाने भान चढेपछि निलेको पत्तै भएन, पेटमा वसेर पिडा दिएपछि मात्रै जानकारी भयो,' उनले पछिल्लो पीडादायी अनुभव सुनाए ।
गत महिना आफ्नै गाविसको मष्टाको थानमा पाठो र खापरको थानमा आलम चढाएका शाहीले चौथिको दिन एक, पञ्चमीको दिन दुई र सप्तमीको दिन दुई राला निलेको बताए । निलेको ५५ दिन सम्म केही भएन । '५६ औ दिनमा जंगलमा चुलो (जंगली फलफुल) खायो, त्यही दिन देखि नै पेट दुख्न सुरु भयो,' उनले भने ।

उनले घरमा पुगेर घरेलु उपचार गरे । सन्चो नभएपछि उपचारका लागि सदरमुकाम आए । 'एक्सरे गर्न नेपालगंन्ज जाने तयारीका साथ आएको थिए । वसपार्कमा आउदा पक्कै मरिन्छ, वाचिन्न तैपनि अस्पताल पुगौं भन्ने लाग्यो,' उनले सुनाए ।
अस्पतालको आकस्मिक कक्षामा पुग्ने वित्तिकै उनलाई डाक्टर थापाको टोलिले सोधपुछ गर्यो । 'अवस्था निकै गम्भीर देखेपछि एक्सरे गर्न थालियो,' डाक्टर थापाले भने, 'सुरुमा एपेन्डीसाईट भएको जस्तो लाग्यो तर एक्सरेबाट फलामले आन्द्रा प्वाल पारेको देखिएपछि शल्याक्रियाका लागि तयारी थाल्यौ ।' दुई घण्टाको लामो शल्याक्रियाबाट पेटमा रहेको ४ वटा राला निकाल्दै शाहीलाई बचाइएको उनले बताए ।

'ठुलो शल्याक्रिया गरेर मलाई पुर्नजन्म दिइयो,' शाहीले भने, 'भगवान भनेका त डाक्टरसापहरुनै रहेछन् ।' उनलाई आफ्नो परिवारलाई देख्न पाउदैनकी भन्ने लागेको थियो । सारा जीवन मन्दिरमा सुम्पिएका शाहीको उपचारमा ८० देखि ९० हजार रुपैया खर्च भएको छ । त्यो कसरी तिर्ने भन्ने उनको चिन्ता छ ।
जुम्ला र छिमेकी जिल्ला कालिकोट तथा दैलेखमा समेत ख्याति प्राप्त धामी शाहीलाई उपचारपछि घरमै आराम गराउने ज्वाइ नरेन्द्रबहादुर बमले वताए ।
जुम्ला , आश्विन १ - महावैपातरखोला १ का जनकवहादुर शाही एक सातादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार गराइरहेका छन । भगवान चढेको वेला घण्टाको राला निलेको र अछुतले छोएका कारण पेटमै अटकिएको भन्दै उनी अस्पताल आएका थिए ।धामी झाँक्रीको काम गर्ने शाहीले राला (फलामको टुक्रा) निलेको भनिरहँदा डाक्टरलाई विश्वास समेत लागेको थिएन । शल्याकृया अघि उनीसँग डाक्टर निरेश थापाले अन्तरवार्ता लिए । उनले भगवान चढेको वेला निलेको, भिद गर्ने वेला अछुतले छोएकोले पेट भित्रै रहेको भन्ने जवाफ दिए । छ । उनले जसरी पनि शल्याकृया गरी निकाल्दिनु पर्यो भन्दै गुहार लगाए ।
'हामीले सोचेका पनि थिएनौं । साच्चै रहेछ छक्क पर्यौ,' डा. थापाले भने । शाहीको पेटबाट ९ देखि १५ सेन्टिमिटर लामो चार वटा राला (फलामको टुक्रा) झिकिएको उनले जानकारी दिए ।

चार दिन देखि पेट दुख्न सुरु भएपछि शाही सार्वजनिक वस चढेर, अनि हिडेरै आकस्मिक कक्षा पुगेका थिए। उनी २५ वर्षको उमेर देखि नै धामी झाँक्रीको काम गर्दै आएका हुन । उनले जुम्ला र कालिकोटका विभिन्न देवस्थल गई पटक पटक गरेर ३ सय ५ वटा राला निलेको, त्यसमध्ये ३ सय १ वटा पचाइसकेको दाबी गरे । , 'लुवा (फलाम) खाने भान चढेपछि निलेको पत्तै भएन, पेटमा वसेर पिडा दिएपछि मात्रै जानकारी भयो,' उनले पछिल्लो पीडादायी अनुभव सुनाए ।
गत महिना आफ्नै गाविसको मष्टाको थानमा पाठो र खापरको थानमा आलम चढाएका शाहीले चौथिको दिन एक, पञ्चमीको दिन दुई र सप्तमीको दिन दुई राला निलेको बताए । निलेको ५५ दिन सम्म केही भएन । '५६ औ दिनमा जंगलमा चुलो (जंगली फलफुल) खायो, त्यही दिन देखि नै पेट दुख्न सुरु भयो,' उनले भने ।

उनले घरमा पुगेर घरेलु उपचार गरे । सन्चो नभएपछि उपचारका लागि सदरमुकाम आए । 'एक्सरे गर्न नेपालगंन्ज जाने तयारीका साथ आएको थिए । वसपार्कमा आउदा पक्कै मरिन्छ, वाचिन्न तैपनि अस्पताल पुगौं भन्ने लाग्यो,' उनले सुनाए ।
अस्पतालको आकस्मिक कक्षामा पुग्ने वित्तिकै उनलाई डाक्टर थापाको टोलिले सोधपुछ गर्यो । 'अवस्था निकै गम्भीर देखेपछि एक्सरे गर्न थालियो,' डाक्टर थापाले भने, 'सुरुमा एपेन्डीसाईट भएको जस्तो लाग्यो तर एक्सरेबाट फलामले आन्द्रा प्वाल पारेको देखिएपछि शल्याक्रियाका लागि तयारी थाल्यौ ।' दुई घण्टाको लामो शल्याक्रियाबाट पेटमा रहेको ४ वटा राला निकाल्दै शाहीलाई बचाइएको उनले बताए ।

'ठुलो शल्याक्रिया गरेर मलाई पुर्नजन्म दिइयो,' शाहीले भने, 'भगवान भनेका त डाक्टरसापहरुनै रहेछन् ।' उनलाई आफ्नो परिवारलाई देख्न पाउदैनकी भन्ने लागेको थियो । सारा जीवन मन्दिरमा सुम्पिएका शाहीको उपचारमा ८० देखि ९० हजार रुपैया खर्च भएको छ । त्यो कसरी तिर्ने भन्ने उनको चिन्ता छ ।
जुम्ला र छिमेकी जिल्ला कालिकोट तथा दैलेखमा समेत ख्याति प्राप्त धामी शाहीलाई उपचारपछि घरमै आराम गराउने ज्वाइ नरेन्द्रबहादुर बमले वताए ।
|
##
|

0 comments:
...