Headlines News :
Home » » म्याग्दीमा जीप खस्यो, कोही बाँचेनन्

म्याग्दीमा जीप खस्यो, कोही बाँचेनन्

###

म्याग्दी: म्याग्दीको हिस्तानमा मंगलबार दिउँ‌सो जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। राम्चेबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ४३२४ नम्बरको जीप हिस्तान ७ र ८ गिद्देश्वर मन्दिर नजिकै दुर्घटना भएको हो ।

दुर्घटना भए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक जर्नादन जिसीको नेतृत्वमा टोली घटनास्थलमा पुगेर उद्धार उद्धार तथा मृतकको शव संकलन गरेको थियो।

साँघुरो सडकमा ब्रेक फेल हुँदा भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक जिसीको भनाइ छ। सडकबाट २ सय ५० मिटर तल भीरमा खसेकोले प्रहरीलाई शव संकलन गर्न कठिनाइ भइहेको छ। दुर्घटना लगत्तै हिस्तान, औल, राम्चे र काफलडाँडाका स्थानीय जम्मा भएर शब पहिचान गरेका थिए।

दुर्घटनामा मृत्यु हुनेमा जीप चालक राम्चे ७ काफलडाँडाका झमबहादुर पुर्जा, राम्चे ४ की यममायाँ पुर्जा, राम्चे ३ का सूर्यश गर्बुजा, हिस्तान १ घराम्दाकी हेमसरा गर्बुजा, देउबहादुर गर्बुजा र सम्मती गर्बुजा छन्। देउबहादुर र सम्मती पति र पत्नि हुन्।

त्यस्तै, राम्चे गाविसका सचिव बाग्लुङ नगरपालिका ४ का शालिकराम शर्मा, उनका भाई समुन्द्र सापकोटा, भवन डिभिजन कार्यालय बागलुङमा कार्यरत कर्मचारी डिल्लु श्रेष्ठ, सुपरभाइजर हेमन्त सिउथानी, राम्चे स्वास्थ्य चौकी निर्माणका ठेकेदार रामबहादुर खत्री र बागलुङकै सुमित मलेपति रहेको घटनास्थलमा खटिएका प्रहरी नायब उपरिक्षक जर्नादन जिसीले जानकारी दिए।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar