Headlines News :
Home » , » दसैंतिहारको बेला, नेपाल टेलिकमको छुटै छुटको मेला

दसैंतिहारको बेला, नेपाल टेलिकमको छुटै छुटको मेला

###
काठमाडौं : नेपाल टेलिकमले दसैंतिहार र छठको लागि टेलिफोनमा गरिने कुराकानी (वाइस कल) मा १० प्रतिशत र एसएमएसमा ५० प्रतिशत छुट दिएको छ। टेलिकमले दसैंका लागि असोज १३ गते सोमबारदेखि २१ गतेसम्म छुट दिएको छ। तिहार र छठ पर्वका लागि कात्तिक ४ गतेदेखि १३ गतेसम्म लागि यस्तो छुट योजना ल्याएको हो। टेलिकमको जीएसएम तथा सीडीएमए सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने कलमा यो छुट दिएको टेलिकमले जानकारी दिएको छ। यो छुटपश्चात् जीएसएम तथा सीडीएमए पोस्पेड मोबाइलबाट प्रतिमिनेट ९० पैसा र प्रिपेड मोबाइलबाट एक रुपैयाँ ३५ पैसामा कुराकानी गर्न सकिने भएको छ।



टेलिकमले जीएसएम तथा सीडीएमए सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएस महसुल दरमा ५० प्रतिशत छुट दिएको छ। यो छुट योजना सोमबारदेखि असोज २१ सम्म र कात्तिकको ४ देखि १३ गतेसम्मका लागि लागू हुने भएको छ। यो योजना कम्पनीको नेटवर्कभित्र मात्रै लागू हुने उल्लेख छ।

टेलिकमले पीएसटीएन तथा सी फोन (पोस्ट पेड फिक्स्ड सेवाका ग्राहकलाई न्यूनतम मासिक महसुल दुई सय रुपैयाँमा एक सय ७५ स्थानीय कल नि:शुल्क उपलब्ध गराएको छ। यस योजनाअन्तर्गत असोज र कात्तिक महिनामा एक सय स्थानीय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल दुई सय ७५ कल नि:शुल्क उपलब्ध गराइएको टेलिकमले जानकारी दिएको छ। टेलिकमले जीएसएम तथा सीडीएमए डाटा (इन्टरनेट) सेवाको पनि छुट दिएको छ।
टेलिकमले दसैंका लागि असोज १३ गते सोमबारदेखि २१ गतेसम्म तथा तिहार र छठ पर्वका लागि कात्तिक ४ गतेदेखि १३ गतेसम्म लागि छुट योजना ल्याएको हो।
डाटामा जीएसएम (जीपीआरएस थ्रीजी सेवमा ५० पैसा प्रतिएमबी तथा सीडीएमए (इभिडो) मा ४० पैसा प्रतिएमबी शुल्क तय भएको टेलिकमले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। सोमबारदेखि आगामी असोज २१ सम्म भ्यालिडिटी सकिने भोल्युम बेस्ड् एडीएसएल तथा वाईम्याक्स सेवाका ग्राहकलाई अधिकतम थ्रीजीबी डाटा थप गरिने भएको छ।

तिहार र छठपर्वको अवधिका लागि आगामी कात्तिक १२ गतेसम्मका लागि भने यस्तो डाटामा थ्रीजीबी नै थप गरिने टेलिकमले जानकारी दिएको छ। दसैंका लागि यही असोज १४ गते देखि २१ भित्र अनलिमिटेड एडीएसएल तथा वाइम्याक्स एकाउन्टको समयावधि समाप्त हुने ग्राहकको पनि असोज २२ सम्म तथा कात्तिक ६ देखि १२ गतेसम्म समयावधि थप भएको टेलिकमले बताएको छ।

टेलिकमले सीडीएमए सेवाका ग्राहकलाई असोज ९ देखि २१ गतेसम्म तथा कात्तिक ४ देखि १३ गतेसम्म प्रत्येक रिचार्जमा १० देखि २० प्रतिशतसम्म बोनस उपलब्ध गराइएको टेलिकमले जानकारी दिएको छ। यस अवधिभित्र प्रत्येक रिचार्ज गर्नेका लागि दुई सयमा २०, पाँच सयमा ७५ र एक हजार रुपैयाँको लागि दुई सय रुपैयाँ बोनस दिएको छ। यो बोनस रकमको अवधि दुई सयको लागि एक र अरूको दुई दिनको हुने टेलिकमका प्रवक्ता गुणकेशरी प्रधानबाट जारी भएको विज्ञप्तिमा उल्लेख छ। 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar