|
###
|
काठमाडौ, आश्विन १३ - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । स्वचालित मूल्य प्रणालीअनुरुप समायोजन गर्दा पेट्रोल, डीजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ । पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ४४ पैसा र डीजेल तथा मट्टीतेलमा २७ पैसा घटाइएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।
घटेपछि पेट्रोल १ सय ३३ रुपैयाँ १० पैसा र डिजेल र मट्टितेलको मूल्य समान १ सय ५ रुपैयाँ ५० पैसा कायम भएको छ । यसअघि पेट्रोलको मूल्य १ सय ३४ रुपैयाँ ५० पैसा र डीजेल तथा मट्टीतेलको मूल्य समान १ सय ५ रुपैयाँ ५० पैसा थियो ।
अब निगमले स्वचालित मूल्य प्रणालीअनुसार भारतीय आयल कर्पोरेसनले पठाउने मूल्यको आधारमा महिनाको २ पटक मूल्य हेरफेर गर्ने भएको छ । सहज रुपमा पेट्रोलियम पदार्थ आयात गर्न र घाटा कम गर्न स्वचालित मूल्य प्रणाली अपनाइएको निगमका प्रबक्ता घिमिरेले जानकारी दिए । खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत रहेको निगमले जनाएको छ ।

##
|

0 comments:
...