Headlines News :
Home » » भुतको डरले गाँउलेहरु भागाभाग

भुतको डरले गाँउलेहरु भागाभाग

###
२०६७ जेठमा गरिबीका कारण सोही गाँउका बिरजित कामी र उनका भाई गगन कामीको मिलेमतोमा बिरजितकी श्रीमती झाँक्री कामी सहित आफनै परिबारका सात जनाको एकै पटक हत्या गरेका थिए।हत्या काण्डको दुई बर्ष नबित्दै बेडकोल्लाका सात परिबारले गाँउ छोडेका छन् । बिस्तापित भएको केही दिन पछि पुनह दुई परिबारले गाँउमा बस्दा राती तर्साउने गरेको भन्दै गाँउ छोडी भारतको पिथौरागड तिर लागेका स्थानिय बासी मान बहादुर बोहोराले जानकारी दिए।

उनले भने हामीले उनिहरुलाई गाँउ फर्काउन धेरै कोसिस गर्यौ तर उनीहरुले मानेन । जन्मभुमी छोडेर जान कसलाई नै मन हुन्छ र भन्दै बिदेसीएको वहाले बताउनु भयो ।गाँउ बाट बिस्तापित भएका सात परिबारको बिचल्ली भएको छ।केही आफन्तको शरणमा आश्रय मागी बस्दै आएका छन् भने केही बाल बच्चा लिएर भारतको पिथौरागढमा मजदुरी गर्दै आएका छन्। गाउँलेहरु भुत पिचासले तर्साएको भन्दै बस्ती छोडी गए पछि बस्ती नै गौचरणमा परिणत भएको छ।

स्थानिय एक देबताले भबिस्यबाणी गर्दै उता बस्तीमा नबस्न भनेको थियो तर उनिहरुले नमाने पछि यस्तो घटना भएको स्थानिय बासीको भनाई छ।हत्या काण्डबाट बाच्न सफल भएकी गगनकी श्रीमती कटुकी बिक जिबित बाल बच्चालाई लिएर माईती घर तिर लागेकी थिईन् । माईतिले दिएको सनो घर बर्षातमा भत्केर चुहिन थाले पछि उनि थप समस्यामा परेकी छन्।

उनले भनिन कति बेला बासको समस्या छ भने कतिबेला गास र कपास को समस्या छ के गर्ने भाग्यमा दुख पाउन लेखेको रहेछ , दुई बर्ष देखि गाँउमा अन्न मागी आफना छोरा छोरी पाल्दै आएकी छु। मुखमा दशै आएको छ मिठो मसिनो खाने मन त थियो तर के गर्नु दसा लागे पछि दैबले पनि हेर्दो रहेनछ।घटनामा बिरजितका आठ बच्चा मध्ये २ छोरा र एक छोरी जिबित छन् भने गगनका आठ बच्चा मध्य चार छोरा र दुई छोरी जिबीत छन्।

हाल बिरजित र उनका भाई गगन जिल्ला कारागारमा सजाय भोग्दै आएका छन् । जिल्लामा दलित र असहायका लागी भन्दै थुपै सघं सस्था लागु भए पनि बेडकोल्लाका दलित समुदायलाई घर बस्न सक्ने बातावरण र पिडाको बारेमा कसैको ध्यान जान सकेको छैन् ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar