|
###
|
फुजेल (गोरखा) : उनले छाडेको घरबारी अहिले जंगल बनेको छ। झारपात, बुट्यान र रुखले घर ढाकिएको छ। बारी पनि त्यस्तै छ। स्थानीय शिवप्रसाद पौडेलले भने, 'दैलोमै बाघ लुक्ने जंगल बनेको छ। खेत बाँझै छ। कसैले छोएको पनि छैन।'
आफ्ना कान्छा छोरा कृष्णप्रसाद अधिकारीका हत्यारामाथि कानुनी कारबाही माग राखेर एघार महिनासम्म लगातार वीर अस्पतालमा भोकहड्तालमा बसेकै बेला ज्यान गुमाएका गोरखा, फुजेलका गरीब किसान नन्दप्रसाद अधिकारीको गाउँले उनलाई अहिले पनि बिर्सेको छैन।
फुजेल ७ चमतीका १७ वर्षीय कृष्णप्रसादलाई सशस्त्र द्वन्द्वका बेला तत्कालीन माओवादीका कार्यकर्ता ले २०६१ जेठ २४ गते चितवनमा हत्या गरेका थिए। भैरवाश्रम माविबाट एसएलसी दिएर चितवनको जयमंगलामा बस्ने हजुरबुबा, हजुरआमा र काका भेट्न गएका बेला उनको हत्या भएको थियो। सुराकी आरोपमा उनको हत्या गरेको एमाओवादीले पनि स्वीकारेको छ।
चमतीलगायत आसपास गाउँमा माओवादी कार्यकर्ता धेरै भए पनि अधिकारी परिवार कांग्रेस समर्थक थिए। कृष्णप्रसादको हत्यापछि उनका दाइ नूरप्रसादले गाउँ छाडे। गोरखा सदरमुकाम, पोखरा, चितवन, काठमाडौंलगायत विभिन्न ठाउँमा पुगेर उनले न्यायका लागि मानवअधिकारकर्मी र पत्रकार गुहारे।
भाइ सुराकी नभई निर्दोष भएको दाबी उनले गरे। कतैबाट सुनुवाइ नभएपछि नूरप्रसादले २०६२ सालमा गाउँका ११ जनाको नाममा चितवन जिल्ला प्रहरीमा किटानी जाहेरी दिए। जाहेरीमा परेकामध्ये अधिकांश आफन्त छन्।
सीता अधिकारी उनकी माइली आमा, विष्णु तिवारी माइली आमाका दाजु, सुभद्रा तिवारी (अधिकारी) फुपू हुन्। एकै घरका कालीप्रसाद अधिकारी, हिमलाल अधिकारी र रामप्रसाद अधिकारी पनि नूरप्रसादको खलक हुन्। अर्का रामप्रसाद पनि दाजुभाइ खलक हुन्। त्यस्तै छविलाल पौडेल, मेघनाथ पौडेल, भीमसेन पौडेल र परशुराम पौडेल छिमेकी हुन्। अर्का आरोपित रुद्र आचार्य विदेशमा छन्।
कृष्णप्रसादको हत्याका कारण छिमेकीसँग निरन्तर खटपट भएपछि २०६४ पुस १० मा उनका बुबा नन्दप्रसाद र आमा गंगामायाले पनि गाउँ छाडे। खान नपाएर उनको गोठका चार भैंसी र पाँचवटा बाख्रा मरे।
नन्दप्रसादले घर छाडेपछि गोरखा सदरमुकाम, चितवन, काठमाडौंलगायत ठाउँमा आश्रय लिन पुगे। हत्यारालाई कारबाही माग राखेर संघर्षरत नन्दप्रसादको पछिल्लोपट अनशनमा बसेको तीन सय ३२ औं दिनमा गत सोमबार वीर अस्पतालमा निधन भयो। पतिसँगै अनशनमा बसेकी पत्नी गंगामायाको अवस्था चिन्ताजनक छ।
नन्दप्रसाद घनप्रसादका चार भाइ छोरामध्ये जेठा थिए। उनी विपन्न किसान थिए। उनकी दिदी सुभद्रा तिवारीका अनुसार नन्दप्रसाद तत्कालीन राजा महेन्द्र गोरखा आएको वर्ष (२०१५ साल) मा जन्मेका थिए। 'आँखामा राखे पनि नबिझाउने थियो मेरो भाइ', सुभद्रा भन्छिन्, 'सोझो थियो।
कसैसँग झैझगडा गर्दैनथ्यो। लोभ पनि गर्दैनथ्यो। कसैलाई बिगार्ने गर्दैनथ्यो।' सुभद्राको भनाइसँग सहमत छन् कृष्णप्रसादको हत्या आरोप लागेका छविलाल पौडेल पनि। पौडेल भन्छन्, 'गाउँमा निमेक गरेर खाने मान्छे हो ऊ। सिकर्मी, डकर्मी काम गथ्यो।
दुईचार हजार रुपैयाँ बच्यो भने पनि मलाई ब्याजमा लगाइदिनु न भनेर ल्याउँथ्यो।' कृष्णप्रसादको हत्या भएपछि नन्दप्रसादको पक्षबाट आफूले माओवादीसँग झगडा गरेको पनि उनले बताए।
अर्का छिमेकी भोजराज दाहालका अनुसार नन्दप्रसाद असाध्यै मिहिनेती थिए। 'जाँडरक्सी नखाने, जुवातास नखेल्ने, छलछाम नगर्ने, राजनीति, रणनीति, कूटनीति केही नजानेका सोझा थिए उनी', दाहालले सम्झिए, 'आफ्नै सुरमा काम गर्ने, एकोहोरो खालको र दमन स्वीकार नगर्ने खालका थिए।' समग्र युद्ध बुझ्न नसक्नु र आफ्नै ढिपी नछाड्नु उनको नराम्रो पक्ष भएको दाहालको भनाइ छ।
नन्दप्रसादसँगै कर्मी काम गरेका रामचन्द्र पौडेलले भने, 'यति काम भ्याउने भनेपछि भ्याउनैपर्ने। नभए रातिसम्म पनि काममा दलिइरहन्थे उनी', पौडेलले भने। उनी जोत्ने, खन्ने, डोको, डालो, हलो, नाम्लो बनाउने काम गर्थे।
छोराको हत्यापछि नन्दप्रसादको परिवार पनि गाउँलेबाट एक्लिँदै गयो। गाउँलेको कुटाइ पनि उनले सहनुपर्यो। सबैबाट एक्लिएपछि २०६४ पुस १० गते बिहान नौ बजेतिर उनले घर छाडेका थिए। घर छाड्ने बिहानचाहिँ बिजुलीको पोलका विषयमा छिमेकीसँग भनाभन भएको स्थानीय शिवप्रसाद पौडेलले बताए।
'कात्तिकमा गाउँमा बिजुली ल्याउने भनेर सबैतिर पोल गाड्ने योजना आयो', शिवप्रसाद भन्छन्, 'उनको बारीमा पनि पोल गाड्न खाल्डो खनियो तर हाम्रो छोरो त मारे, के रमाइलो छ र बिजुली बाल्ने? हामी बिजुली पनि बाल्दैनौं, पोल गाड्न पनि दिन्नौं भनेर उनले दिएनन्।
उनले आफ्नो जग्गामा नदिएपछि उनकै माहिली बुहारीको बारीमा दुइटा पोल गाडियो। त्यो पनि गंगामायाले काटिदिइन्।' यसै विषयमा गाउँलेसँग झगडा भयो। 'त्यही घटनापछि उनीहरू पाकेको भात, उम्लेको दूध छाडेर गए', शिवप्रसादले भने।
पहिले गंगामायालाई पनि सासूससुराले हेला गरेका थिए। त्यो बेला गाउँलेले गंगामायालाई साथ दिए, नन्दप्रसादका बुबाआमा रुष्ट भए। नन्दप्रसाद र गंगामायाको मेलमिलाप भयो। यो कुरा सकियो। माहिला छोरा मरेपछि नन्दप्रसादको बुबाआमाले फेरि माहिली बुहारी (सीता) लाई हेला गरे।
कान्छा छोरा (ठाकुर) ले आफ्नो अंश र बुबाआमाको जिउनी पनि जेठा दाजु नन्दप्रसादलाई जिम्मा लगाएर गए। 'श्रीमान् बित्नुभएको, दुइटा काखको छोरी लिएर चुहिएको घरमा बसेको मेरो दु:ख देखेर गाउँले सबैले मलाई माया गर्न थाले।
यो देखेर सासूससुरा र जेठाजुको खलकले गाउँलेको रिस गर्न थाल्नुभयो', सीताले भनिन्, 'अनि जति उहाँहरूले मलाई हेला गर्न थाल्नुभयो, उति गाउँलेले उहाँहरूलाई कराउन थाले।' कृष्णप्रसादको हत्या हुनुअघिदेखि नै गाउँलेहरूले नन्दप्रसादको परिवारलाई एक्ल्याएका थिए।
विभिन्न रिसइबीले गाउँलेले माओवादी लगाएर कृष्णप्रसादको हत्या गराएको आरोप नन्दप्रसादको परिवारले लगाउँदै आएको छ। 'यही कारण पनि उनीहरू गाउँमा एक्लिए', स्थानीय बाबुराम ढकालले भने 'पहिलेदेखि नै उनीहरू एक्लिँदै आएका थिए। जथाभाबी ज्यानमाराको आरोप लगाउन थालेपछि सबै गाउँले एकातिर उनको परिवार अर्कातिर भए।'
छोराको हत्यापछि नन्दप्रसाद दम्पतीको मन बिग्रिएको थियो। 'छोराहरूलाई ज्यादा माया गर्थे। एक्कासि हत्या भएपछि मन बिग्रियो', स्थानीय भोजराज दाहाल भन्छन्, 'गाउँमा पर्म चल्थ्यो। लेनदेन र आवतजावत हुन्थ्यो।
तर छोराको हत्यापछि माओवादी भेट्नेबित्तिकै मेरो छोरालाई किन मारिस्? भन्दै हिँड्न थाले। हुँदाहुँदा पछिपछि त जोजो विरोधी थिए सबैलाई छोराको हत्यारा भन्न थाले।' यसैले गर्दा गाउँलेसँग उनको दूरी बढ्न गयो।
नन्दप्रसाद दम्पतीले छोराका हत्यारालाई कारबाही माग राखेर दबाब दिनु जायज भएको स्थानीय भोजराज दाहालको भनाइ छ। उनका अनुसार नन्दप्रसादले गरेको शान्तिपूर्ण आन्दोलनलाई सरकारले बेवास्ता गर्यो र उनको अनशनमै ज्यान गयो, यो सरकारको गल्ती हो।
'अनशन भनेको शान्तिपूर्ण आन्दोलन हो। शान्तिपूर्ण आन्दोलनको माध्यम योभन्दा ठूलो के हुन्छ?' दाहालले भने, 'तर सरकारले शान्तिपूर्ण आन्दोलनको बेवास्ता गर्यो। यसले बन्द, तोडफोड, चक्काजाम, रक्तपात नगरी माग पूरा हुन्न रहेछ भन्ने सिकाउँछ।
अब अनशनमै कसैको ज्यान जाने अवस्था नआओस्।' द्वन्द्वका नाममा सरकारले गैरन्यायिक हत्याका आरोपितमाथि छानबिन र कारबाही नगरे आउँदा दिनमा पनि गैरन्यायिक हत्या शंखला बढ्न सक्न फुजेलवासीको भनाइ छ।

##
|

0 comments:
...