Headlines News :
Home » , » धादिङमा बस ठोक्किदा पाँच जनाको मृत्यु (भिडियो साहित)

धादिङमा बस ठोक्किदा पाँच जनाको मृत्यु (भिडियो साहित)

###
पृथ्वी राजमार्गअन्तर्गत धादिङको भुमेस्थान-सिम्ले बजारमा विपरित दिशाबाट गुडेका दुई वटा बस एक आपसमा ठोक्किँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। बिहान साँढे ६ बजेतिर बेनिबाट काठमाडौं जाँदै गरेको ना३ख ७६३३ र काठमाडौंबाट झापा काँकडभिट्टा जाँदै गरेको यात्रुबहाक ना५ख ४३८४ नम्बरको बस एक आपसमा ठोक्किएको थियो।



दुर्घटनामा मृत्यु हुनेमा काठमाडौं विशालनगरकी ३० वर्षीया कीर्तिका थापामगर र उनकी ६ वर्षकी छोरी कान्छीको सनाखत भएको छ। उनीहरु झापा जाँदै थिए। बेनिबाट काठमाडौं जाँदै गरेका बसमा सवार तीन जनाको मृत्य भएको छ। बाँकीको सनाखत् हुन सकेको छैन। मृतक सबै चालक साइडमा बसेका थिए।

दुर्घटनामा १५ जना गम्भिर घाइते छन्। सबैको उपचारका लागि काठमाडौं पठाइएको महादेवबेसी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक हरिओम शाहीले जानकारी दिए। घाइतेको स्थानीय स्वास्थ्य संस्था र प्राथमिक उपचारकले स्थलगतरुपमै उपचारको व्यवस्था मिलाएका थिए।Dhading Bus Accident-3
तिब्र गतिमा गुडेका थिए दुवै बस। ना३ख ७६३३ नम्बरको बसले साइड च्याप्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए। केही बेर सडक अवरुद्ध भएको थियो हालः साना सवारी एकतर्फी सञ्चालनमा आएका छन्। घटनास्थलमा महादेवबेसी प्रहरी चौकी, शसस्त्र प्रहरी बल, स्थानीय बासिन्दा, राजमार्ग दुर्घटना उद्धारक स्वयम्सेवकले उद्धार गरेका थिए।







(भिडियो साहित)
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar