### |
भैरहवा, असोज २४– उद्योग मन्त्री महेश बस्नेतले सरकारले सहिद परिवारलाई दिने दुई करोड ८० लाख आफुलाई दिए आफुले मुलुकका ५० हजार बेरोजगारलाई रोजगार दिने दाबी गरेका छन् । प्रेस चौतारी रुपन्देहीले भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले युवाहरूलाई फरक किसिमको तालिम दिएर रोजगारीमा लगाउन सकिने बताए ।
मुलुकमा रहेको बरोजगारलाई घरेलु बाहेक फरक किसिमको तालिम कसरी दिन सकिन्छ भन्ने आपूmले योजना बनाएको र ५० हजार बेरोजगारलाई कसरी रोजगार दिन सक्नेमा आपूmले छिटै योजना सार्वजनिक गर्ने उनले बताए । मुलुकमा जसले उत्पदान गर्छ त्यही उत्पीडित रहने नेपालको विडम्बना रहेको बताउँदै सरकारी कर्मचारीले पनि मुलुकमै बन्ने कपडाको पोसाक लगाउनुपर्ने बताए । मुलुकमै रबर खेती, मह, जुट र कपासलगायतको खेती गर्ने हो भने विदेशबाट आयात हुने वस्तुको मुख नताक्नु पर्ने बताउँदै उनले एक निर्वाचन क्षेत्रमा ठूला एक उद्योग स्थापना हुनुपर्नेमा जोड दिए । रासस

## |
0 comments:
...