Headlines News :
Home » » मुस्ताङको हिम पहिरोमा १६ जना शव भेटियो, दुई सय अझै बेपत्ता

मुस्ताङको हिम पहिरोमा १६ जना शव भेटियो, दुई सय अझै बेपत्ता

###
मुस्ताङ : मुस्ताङको हिम पहिरोमा सबा तीन बजेसम्म १६ जनाको शव भेटिएको छ। दुई सय अझै बेपत्ता अवस्थामा छन् ।

उद्धार टोलीले १६ जनालाई मृत अवस्थामा फेला पारेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले अन्नपूर्णसँग बताए । मृत्यु हुनेमा नौजना नेपाली, तीन इजरायली, तीनजना पोल्यान्ड, एकजना भेतनामका छन्।

भण्डारीका अनुसार मनाङबाट थोरङलापास हुँदै पाँचसय जना मुस्ताङमा प्रवेश गरेकोमा दुई सय पचासजना सम्पर्कमा आएका छन् भने दुई सयभन्दा बढी बेपत्ता छन् । बेपत्ता भएका मानिसको खोजी कार्यका लागि सुरक्षाकर्मीसहितको टोली खटिएको छ। 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar