### |
काठमाडौं- पाँच दिनअघि भारतको अन्दमान निकोबार समुद्री क्षेत्रमा उत्पन्न आँधी 'हुडहुड' को प्रभाव घुम्दैघुम्दै नेपाल प्रवेश गरेको छ। आइतबार रातिसम्म आँधीयुक्त बादल घडीको उल्टो दिशाबाट काठमाडौंलाई छुँदै पूर्वतिर घुमिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसले मंगलबारदेखि बिहीबारसम्म मध्य र पश्चिम तराईमा भारी तथा नियमित वर्षा हुनसक्ने महाशाखा प्रमुख मौसमविद् सुमनकुमार रेग्मीले बताए।
'पश्चिम तराई क्षेत्रमा मंगलबारदेखि बिहीबारसम्म भारी र नियमित वर्षाको संकेत देखिएको छ, यसले बाढी आउनसक्ने हुँदा सर्वसाधारणले सावधानी अपनाउनुपर्ने अवस्था छ,' रेग्मीले आइतबार नागरिकसँग भने, 'मध्यको तुलनामा पश्चिम तराईमा बढी क्षति हुनसक्छ।'
भूउपग्रहबाट प्राप्त तस्बिरमा हुडहुडको प्रभाव भारतको आन्ध्रप्रदेश, उडिसा, कोलकाता, राँची, मध्यप्रदेश, बिहारको पटना, गोरखपुर हुँदै नेपालको काठमाडौं र पूर्वी क्षेत्रमा प्रस्ट देखिएको छ। जमिनको सतहबाट झन्डै ३० देखि ३५ हजार फिटमाथि वायुमण्डलमा आँधी घुमिरहेको छ। भारतको बिहार र उत्तरप्रदेश हुँदै सोमबार पश्चिम नेपालमा प्रवेश गर्न सक्ने रेग्मीले जनाए।
महाशाखाका मौसमविद् मीनकुमार अर्यालले हुडहुडले काठमाडौंदेखि पूर्वको भाग प्रभावित भइसकेको बताएका छन्। 'आ“धीले ल्याउने बादल वायुमण्डलको ३०/३५ हजार फिट माथि हुन्छ,' उनले भने, 'सोमबार सा“झको अवस्था झन्डै यस्तै हो। यो घडीको उल्टो दिशामा घुमिरहेको छ। यसरी घुम्दा तिब्बती क्षेत्रसमेत यसले समेटेको छ।'
उनका अनुसार हुडहुड अहिले उत्तरपश्चिम दिशातिर सोझिएको छ। यो आन्ध्रप्रदेशको उत्तरपूर्वी क्षेत्र र उडिसाको दक्षिणसीमा हुँदै नेपाल आइरहेको उनले बताए। 'सोमबार यो बादल पूर्व हुँदै पश्चिम पुग्नेछ,' उनले भने, 'पूर्व र मध्यमा हल्का वर्षासमेत हुनसक्छ।'
पश्चिम वायुको प्रभावबाट विकास भएको कमजोर न्यूनचापीय रेखा सुदूरपश्चिमको पहाडी भेगमा रहेको जनाउँदै अर्यालले भने, 'यसमा हुडहुडको प्रभाव मिसिएपछि वर्षाको सम्भावना बढेको हो।'
नेपालसम्म आइपुग्दा आँधीको गति घटिसके पनि त्यससँग आउने बादलले २४ घन्टामा १५० मिलिमिटरभन्दा बढी पानी पर्ने सम्भावना भएको मौसमसम्बन्धी विदेशी संघ–संस्थाले जनाएका छन्। मध्य तथा सुदूरपश्चिम क्षेत्रमै दसैंअघिको भारी र अविरल वर्षाले ठूलो धनजन क्षति पुर्याषएको थियो।
एक्युवेदर डटकमले आफ्नो रिपोर्टमा राखेको चित्रअनुसार समुद्री आँधी हुडहुड बिहार र उत्तरप्रदेश हुँदै नेपाल भित्रिनेछ। बुधबारबाट भारी वर्षा हुनेछ। यसले भारतको उत्तरप्रदेशको राजधानी लखनऊदेखि बिहारका केही भाग र नेपालको चितवनदेखि कैलालीसम्म प्रति २४ घन्टामा ७५ देखि १५० मिलिमिटरसम्म वर्षा गराउने छ।
यो आँधी बंगालको खाडीबाट आन्ध्रप्रदेशको विशाखापट्नम बन्दरगाह हुँदै भारत प्रवेश गरेको हो। हावाको गति प्रतिघन्टा १९५ किलोमिटर रहेको जनाइएको छ। यसबाट प्रभावित क्षेत्र २ देखि ३ सय किलोमिटरभित्र हो। यसभन्दा बाहिर र जमिनमा आइसकेपछि आँधीको प्रभाव कमजोर हुँदै जान्छ।
यो आँधीबाट आइतबारसम्म ६ जनाको मृत्यु भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 'हुडहुड' भारत छिरेर उपद्रो मच्चाउन थालेको दुई दिन भइसक्यो।
नकाट्नुस है धान
तराईमा यतिबेला धानबाली भित्र्याउने चटारो सुरु भएको छ। कृषक धमाधम धान काट्न, थुपार्न र चुट्न सक्रिय छन्। यही बेला समुद्री आँधी 'हुडहुड'को प्रभाव भारतबाट नेपाल छिरेकाले त्यसले पाकिसकेको धानलाई असर पार्न सक्ने देखिएको छ।
हुडहुडको प्रभावले मध्य तथा पश्चिम क्षेत्रमा भारी र नियमित वर्षा हुनसक्ने देखिएकाले त्यतिञ्जेल धान नकाट्न कृषिविज्ञहरूले सुझाएका छन्। 'भारी वर्षाको अनुमान गरिएकाले कृषकले धान काट्ने, थुपार्ने र चुट्ने काम केही दिन रोके हुन्छ,' कृषिविज्ञ भोलामान सिंह बस्नेतले नागरिकसँग भने।
उनका अनुसार भारी र नियमित वर्षाको समयमा धान काट्दा र चुट्दा बढी नोक्सान हुन्छ। उत्पादन बिग्रिन सक्छ। 'दुई/चार दिन धानबाली नकाटेर खेतमै राख्दा बढी नोक्सान हुन पाउँदैन,' उनले भने, 'काटिसकेको छ भने पानी पर्नुअघि नै घर भित्र्याउनु वा सुरक्षित छहारीमा राख्नु बेस हुन्छ।'
धानको प्रमुख उत्पादनक्षेत्र मध्य तथा पश्चिम तराईमै हुडहुडको बढी प्रभाव देखिएकाले सतर्क रहनुपर्ने उनले बताए।
यसरी राखिन्छ आँधीको नाम
बंगालको खाडीबाट उठेको समुद्री आँधीको नाम 'हुडहुड' राखिनुमा मध्यपूर्वी राष्ट्र ओमानको हात छ। बंगालको खाडीस्थित भारतीय टापु अन्दमान निकोबारको उत्तरबाट उठेको समुद्री आँधीको नाम ओमानमा राखिएको हो। 'हुपु' नामक चरालाई अरबी भाषामा 'हुडहुड' भनिन्छ। यो चरा इजरेलको राष्ट्रिय पन्छी हो।
सन् १९५३ देखि अमेरिकास्थित मयामी नेसनल हरिकेन सेन्टर र वर्ल्ड मिटरोलोजिकल अर्गनाइजेसन (डब्ल्युएमओ) दुवैले संयुक्त रूपमा उष्णकटिबन्धीय समुद्री आँधीको नामकरण गर्ने गरेका छन्। स्विट्जरल्यान्डको राजधानी जेनेभास्थित डब्ल्युएमओ संयुक्त राष्ट्रसंघीय निकाय हो। तर, विवादास्पद हुने सम्भावनाका कारण उत्तरी हिन्द महासागरमा आउने समुद्री आँधीको नामकरण गरिँदैनथ्यो।
भारतको समुद्री आँधी चेतावनी केन्द्रका प्रमुख एम माहापात्राका अनुसार यस क्षेत्रमा अत्यधिक जातीय विविधताका कारण समुद्री आँधीको नामकरण गर्न अत्यन्त सावधानी र निष्पक्षता अपनाउनु आवश्यक थियो। आँधी आउने क्षेत्रका सर्वसाधारणको भावनामा ठेस नलागोस् भनेर यसो गरिन्थ्यो।
सन् २००४ मा समुद्री आँधी नामकरण गर्ने डब्ल्युएमओ नेतृत्वको अन्तर्राष्ट्रिय प्यानल भंग भएपछि विश्वभर नै आ–आफ्ना क्षेत्रमा आउने समुद्री आँधीको नाम राख्न त्यसै क्षेत्रका राष्ट्रलाई भन्न थालियो। बंगालको खाडी र हिन्द महासागर क्षेत्रमा आउने आँधीको नामकरण गर्न भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, बर्मा, ओमान, श्रीलंका र थाइल्यान्डसहित ८ राष्ट्रको समूह गठन भयो।
सन् २००४ पछि आउने समुद्री आँधीको नामकरणका लागि आठै राष्ट्र सबैले ८/८ वटा नामको सूची तयार पारे। हरेक राष्ट्रले समुद्री आँधीका लागि ८ वटा नाम सिफारिस गरेका थिए।
राष्ट्रको नामको वर्णानुक्रमानुसार समुद्री आँधीको नामकरण गरिन्छ। हुडहुडभन्दा अघि जुनमा यस क्षेत्रमा आएको अन्तिम समुद्री आँधी 'नानुक' थियो। त्यो नाम बर्माले राखेको थियो।
सदस्य राष्ट्रका सर्वसाधारणले पनि आँधीको नाम सिफारिस गर्न सक्छन्। जस्तै कुनै पनि राष्ट्रको सरकारले सांस्कृतिक रूपमा संवेदनशील र उत्तेजक नहुने गरी छोटा, सजिला र बुझिने नाम सुझाउन देशवासीसँग आग्रह गर्नसक्छ। वर्णानुक्रमअनुसार यसपल्ट आँधीको नामकरण गर्ने पालो ओमानको थियो।
थाइल्यान्डले गत वर्ष दक्षिणपूर्वी भारतमा आएको समुद्री आँधीको नाम 'फाइलिन' राखेको थियो। भारतले भने आँधीका लागि मेघ, सागर र वायुजस्ता नाम सिफारिस गरेको छ।
'हुडहुड' पछि आउने समुद्री आँधीको नामकरण 'निलोफर' गरिनेछ। अब आउने आँधीको नाम राख्ने पालो पाकिस्तानको भएकाले उसले सिफारिस गरेको नाम 'निलोफर' हो। यसअघि आफ्नो पालोमा आएको समुद्री आँधीको नाम पाकिस्तानले 'निलम' राखेको थियो।
६४ नामको सूचीमा 'हुडहुड' सम्भवतः ३४ औं नाम हो। हुडहुडपछि आउने आँधीको नामकरणका लागि तयार सूचीमा अझै ३० नाम बाँकी छन्। समुद्री आँधी विशेषज्ञको प्यानलले बर्सेनि भेला भएर आवश्यकताअनुसार सूची तयार गर्ने गर्छ।

## |
0 comments:
...