Headlines News :
Home » » बिश्वकै ठुलो त्रिशुल दाङमा

बिश्वकै ठुलो त्रिशुल दाङमा

###
दाङ, कार्तिक १२ - दाङ जिल्लाको धारापानीस्थित पाण्डबेश्वर महादेवको मन्दिर परिसरमा बिश्वको सबै भन्दा ठूलो त्रिशुल स्थापना गर्न लागिएको छ ।
भक्तजनहरुबाट प्राप्त सहयोगबाट ६ हजार किलो (६० क्विण्टल) तौलको त्रिशुलको उचाई साढे ४१ फिट रहने मन्दिर व्यबस्थापन समितिले जनाएको छ । दाङ उपत्यकाको दक्षिणी पहाडको बिचमा यो मन्दिर रहेको छ ।
करिव एक कठ्ठा क्षेत्रफलमा पुर्वाधार(फाउण्डेशन) तैयार गरी त्रिशुल ठड्याउने काम भइरहेको समितिका अध्यक्ष गणेश अधिकारीले जानकारी दिनुभयो । पाण्डबेश्वर महादेवको मन्दिरमा राखिने त्यो त्रिशुललाई ¥याली र झाँकीसहित बुधबार घोराहिमा नगर परिक्रमा गराईएको छ ।
पाण्डवेश्वर महादेव मन्दिर धारपानीलाई ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न र बिश्वकै धार्मिक पर्यटन क्षेत्रका रुपमा चिनाउनका लागि त्रिशुल स्थापना गर्न लागिएको मन्दिर व्यबस्थापन समितिको भनाई छ । बुधबार त्रिशुल दाङ आइपुगे पनि त्यसलाई ठड्याउन अझै केही समय लाग्ने छ । ‘तीन टुक्रा बनाएर ट्रकमा ल्याइएको छ, त्यसलाई ठड्याउन र बाँकी काम सक्न समय लाग्छ’ समितिका अध्यक्ष अधिकारीले भन्नुभयो । यसरी तैयार भएपछि शिबरात्रीका दिन यो त्रिशुलको बिधिबत् स्थापना गरिने छ । पञ्च धातु फलाम,पितल,तामा,सुन र चाँदीबाट तयार गरिएको त्रिशुल ठड्याउदाँसम्मको लागत अनुमान २२ लाख रुपैयाँ रहेको छ । ‘अहिलेसम्म १० लाख रुपैयाँ उठेको छ’ समितिका अध्यक्ष अधिकारीले भन्नुभयो, ‘हामीलाई प्राप्त आश्वासन र वाचाहरुका आधारमा यो रकम सहजै जम्मा हुने बिश्वास गरेका छौ ।’
उहाँले यो पवित्र काम भएको भन्दै यसमा योगदान दिनका लागि सबैलाई अपिल गरिएको पनि बताउनुभयो । मन्दिर व्यवस्थापनका अनुसार भारतको पिठौरागडमा २७ क्विन्टलको त्रिशुल स्थापना भएको छ । हालसम्म त्यसैलाई बिश्वकै ठूलो त्रिशुल मानिएको छ । त्यसैगरी नेपालको पाल्पामा स्थापना गरिएको १७ क्विन्टलको त्रिशुललाई दोस्रो ठूलो मानिने गरिएको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar