Headlines News :
Home » » दशैको खानाले एकको मृत्यु, १४ सिकिस्त

दशैको खानाले एकको मृत्यु, १४ सिकिस्त

###
चौतारा, १९ असोज, दशैको रमझममा खानेकुरा खाएका चौतारा–८ सानोसिरुवारीमा १ जनाको ज्यान गएको छ । स्थानीय ५५ वर्षीय हरिबहादुर थापा मगरको दशैँमा खाएको विषाक्त खानेकुराले ज्यान गएको चिकित्सकले पुष्टि गरेका हुन् । टिकाको दिन साँझ आफन्त भेला भएर खाना खाएका र सो क्रममा उनी विरामी परेका थिए । विरामी पर्ने वित्तिकै चौतारा अस्पताल भर्ना गरिएका हरिबहादुरलाई त्यहाँ उपचार सम्भव नभएपछि धुलिखेल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उनीसँगै खाना खाएका परिवारका अन्य १४ सदस्य पनि सिकिस्त विरामी परेका छन् । उनीहरुलाई साँझको खाना खाएपछि पेट पोल्ने, बान्ता हुने, रिँगटा लाग्ने जस्ता लक्षण देखिएका छन् । स्थानीय चौतारा अस्पतालमा उपचार गराइ रहेका मध्ये ५ जनालाई आज विहान काठमाडौँ रेफर गरिएको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar