### |
सिन्धुली : मदिरा सेवन गरेर सवारी चलाउने चालकलाई सिन्धुली प्रहरीले सार्वजनिक अपराध ऐनअनुसार मुद्दा चलाउन थालेको छ ।
प्रहरीका अनुसार सिन्धुलीबाट काठमाडौंतर्फ यात्रु लिएर गइरहेको ना.२ख. ६२६६ र ना.४ खं ५६४१ नं. को यात्रुबाहक रात्री बसका चालकहरु सिन्धुली आम्बोटे बस्ने डोर बहादुर भुजेल र काभ्रे दोलालघाट बस्ने मनिकलाल तामाङले मदिारा सेवनगरी बस सञ्चालन गरेको भन्दै नियन्त्रणमा लिइ सार्वजनिक अपराध ऐनअनुसार कारबाही थालेको छ।
'उनीहरुले माधक पदार्थ सेवन गरी गैरजिम्मेवारी पूर्ण तरिकाले ट्राफिक नियम समेत उलंघन गरेर सवारी चलाएको पाइयो,’ सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामकुमार महत्तोले भने, ‘एउटाको लापरबाहीका कारण सयौंको ज्यान खतरामा पर्ने भएकाले उनीहरुमाथि सार्वजनीक अपराध ऐनअनुसार मुद्दा पेस गरेर कारबाही थालिएको हो।'
म्हतोका अनुसार अहिले सडक सुरक्षालाई विशेष प्राथमिकतामा राखेर प्रहरीले गस्ती गरिरहेको छ । सवारी जाँचका क्रममा चालकहरुले खासगरी रातको समयमा अत्यधिक मदिरा सेवनगर सवारी चलाएको पाइएको छ। मापसे चेकपछि चालकलाई सार्वजनीक ऐन अनुसार कारबारही थालिएको सम्भवतः जिल्लामै पहिलो पटक भएको प्रहरीले दावी गरेको छ।
यसैबीच यात्रुबहाक बसमाथी तोडफोड गर्ने चारजनालाई पनि प्रहरीले नियनत्रणमा लिएर आवश्यक कारबाही थालेको छ । गत आइतबार (असोज १९ गते) बेलुका काठमाडौंबाट यात्रु लिएर सिन्धुलीको कपिलाकोट तर्फ जाँदै गरेको ना.३ख.७७३७ नं. को बसलाई रोकी तोडफोड गरेर लुटपाट गर्न खोज्ने महादेवस्थानका चार युवालाई प्रक्राउ गरी सार्वजनीक अपराध ऐन अनुसार कारबाही थालिएको हो ।

## |
0 comments:
...