### |
हूनत मच्छर एउटा सानो जीव हो तर एसको टोकाइबाट अनेकौ प्राण घातक रोगहरु लाग्न सक्छ। मच्छरकै टोकाइको कारणले प्रत्येक बर्ष ७० करोड़ मान्छे बिरामी हुन्छन् जसमध्ये दश लाखको मृत्यु हुने गरेको छ । मच्छरका कारणले लाग्ने रोगहरुबाट बच्न मच्छरको टोकाईबाट बाच्नु पर्ने हुन्छ र टोकाईबाट बच्न हामी मच्छर धुप को प्रयोग गर्दै आएका छौ। मच्छर धूपको प्रयोगले मच्छर त भाग्छनै तर एसको जलनबाट निस्कीएको धुवा तपाईको स्वस्थ्यको लागि अत्यन्त हानिकारक हुन सक्छ।
अमेरिका मा गरिएको रिसर्चले उल्लेख गरे मुताविक एउटा मच्छरधुप क्वाइलको जलन बाट ५१ वटा चुरोटको जानल बराबरको हानिकारक रसायनहरु निस्कने गर्छन। ‘एक क्वाइल मच्छरधुपको जलनबाट २ सय भन्दा बढी विषाक्त तत्वहरु र २ दशमलव ५ भन्दा काम साइजका धूलाका कणहरू निस्कन्छन्। यी विषाक्त तत्वहरु र धुलाका कणहरू त्यतिनै मात्रामा निस्कन्छ जुन ७५ देखि १३७ वटा चुरोट जलाउदा निस्कने गर्छ। त्यसैगरी एक क्वाइल मच्छरधुपको जलनबाट ५१ वटा चुरोटको जलन बाट निस्किए बराबरको हानिकारक पॉलीसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन (PAHs), एल्डिहाइड (फॉर्मेल्डिहाईड ) र कीटोन जस्ता केमिकल हरु पनि निस्कने गर्छ। यी रसयनहरूको संसर्गमा आउँदा दम, खोकी, फोक्साको क्यान्सर र रक्तविकार जस्ता अनेकौ हानिकारक रोगहरू लाग्ने गर्छ। तसर्थ मच्छरधुप बालेर स्वास्थ्यलाई प्रतिकूल असरमा पार्नुभन्दा सरसफाइमा बढी ध्यान दिऔ। विशेषत: घर वरिपरी पानी जम्मा हुन नदिने, फोहोर नगरी सरसफाइमा ध्यान दिने गरेमा मच्छरबाट बच्न सकिन्छ । ‘मच्छर आफ्नो लागि आहारा भएको ठाउ“मा बस्न रुचाउ“छन् त्यसैले सरसफाईतर्फ हामीले ध्यान दिन जरुरी छ। मच्छर ले धेरै सताय केमिकल प्रयोग नगरिएको धुप बाल्दा मच्छर पनि मर्ने र स्वास्थ्यमा पनि प्रतिकूल असर पर्दैन।
## |
0 comments:
...