Headlines News :
Home » » किन मनाइन्छ यमपञ्चक ?

किन मनाइन्छ यमपञ्चक ?

###
पशुपति अबिरल
पालमा मनाइने दशै पछिको ठुलो पार्वको रुपमा दिपावलिलाई लिईन्छ ।यस भारतमा झन प्रथमिक्ताको साथ मनाईन्छ। यसपर्व पाँच दिनमानाईएपनि बिशेष तिन दिन लिईन्छ ।

पाँच दिनसम्म मनाइने चाड तिहार एउटा ठूलो पर्व हो। तिहारलाई दीपावली तथा यमपञ्चकका नामले समेत चिनिन्छ। बत्तीको झिलिमिली हुने भएकाले दीपावली एवं पाँच दिनसम्म यमराज तथा उनका दूतहरूको आराधना गरिने हुँदा यसलाई यमपञ्चक भनिएको हो।सूर्यका छोराछोरी यमराज तथा यमुना दाजुबहिनी हुन्। यमुनाले दाजुलाई केही समय कामबाट विश्राम लिन आफूकहाँ आउन अनुरोध गरेकीले यमराज कातिर्क कृण्ँ त्रयोदशीका दिन बहिनीकहा“ गए। बहिनीले दाजुको खुब सेवा गरिन्। यमराज यमुनाकहाँ कातिर्क कृष्णँ चतुर्दशीदेखि कातिर्क शुक्ल सम्म पाँच दिन बसे। यसैलाई आधार मानेर तिहार मनाउन थालिएको हो भन्नेकुराँ बिभिन्न किम्बदन्तिमा हेर्न सकिन्छ ।यसबाहेक तिहारसँग अन्य अनेकौं प्रसङ पनि जोडिएका छन्। तिहारका पाँचै दिन उतिकै महत्वपूणर््ँा हुने भए पनि लक्ष्मीपूजाको दिनदेखि यो पर्व विशेष  रुपमा  मनाउने प्रचलन चल्दै छ। हम्रो कला संस्कृत,प्रकृतिसँग अति निकट सम्बन्ध गाँस्ने यो पर्वमा हिजोआज अनेकौं विकृति भित्रिएका पाईन्छ चाडपर्वको नाममा जुवा तास धुम्रपान मध्यपान अनिवार्य जस्तो बिकृतिको रुपमा बडेको पाईन्छ  । यद्यपि नेपाली संस्कृतिक दिृस्टिकोणमा तिहारको आफ्नै विशिष्ट महत्व छ सहितको पर्व हो  ।
काग तिहार
कातिर्क कृष्णँ त्रयोदशीदेखि कातिर्क शुल्क द्वीतीयासम्म पाँच दिन मनाइने यो पर्वको आरम्भ कातिर्क कृष्णँ त्रयोदशीका दिन कागपूजाबाट गरिन्छ । काग अत्यन्त चलाख पन्छी हो । यसको पूजा गर्नका विभिन्न कारण्ाँ छन् ।
कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रुपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त भएकाले यमपञ्चकमा यसको पूजा गरिएको हो ।
त्यसैगरी हाम्रो समाजमा प्रचलित  काक न्याय, काकबली आदि विविध शब्द पनि कागसँगै सम्बन्धित छन् ।
कुकुर पूजा
यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण्ाँ चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूतका रुपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रिय भक्त हो । कुकुरलाई आज्ञा पालक एवं रक्ष्क मात्र मानिँदैन, यसले विभिन्न अपराधीहरू पत्ता लगाउने र अध्ययन अनुसन्धान गर्ने कार्य पनि गर्छ । कुकुरले घरको रेखदेख तथा चोर डाँकाबाट बचाउने कार्य गरी मान्छेहरूलाई सहयोग गर्दै आएको छ । कुकुरलाई भैरवको बाहन पनि मानिन्छ । त्यसैले हामीले कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरेर माला लगाइदिएका हौं  भन्नदा कुनै दुईमत नहोला । गाई र लक्ष्मीको पूजा
हिन्दु धर्म अनुरुप कुनै पनि धामिर्क वा सामाजिक सस्कार गर्नुअघि नेपालमा गाईको गोबरले घर आँगन लीपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्नो घर कोठा चोटा पवित्र तुल्याउने गरिन्छ । गाईलाई पशुधनका रुपमा पनि लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रुपमा मान्छन् । गाईजात्रा, गाईपाला, गाईप्राण्ँी, गौप्राण्ँी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ । लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कातिर्क कृष्ण्ाँ औंसीको रातलाई अत्यन्त अध्यारो रातका रुपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य गरी घर(घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तनिहिर्त चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिएको हो । भगवान् रामचन्द्ररले लोककल्याण्ँको भावनाले रावण्ाँदि राक्ष्सहरूको नाश गरेपछि कातिर्क कृष्ण्ाँ औंसीको दिन अयोध्याको राजाका रुपमा राज्यारोहणँ गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको लोक मान्यता पनि छ ।
यमराजले यमपञ्चकका पाँच दिन बहिनी यमुनाकहाँ बसेका कारणँ यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वाशमा खुसी मनाउदै दीपावली गर्ने प्रचलन आरम्भ भएको हो । यसरी सुख, सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कातिर्क कृष्णँ औंसीका दिन माता लक्ष्मीको विशेष रुपमा पूजाआजा र अर्चना गर्ने तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिहृन अंकित गर्ने वा शुभलाभ लेख्ने गरिएको हो । दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागी आफूलाई आत्मिक रुपमा सुख सन्तोष प्रदान होस् भन्दै चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्छन् ।
गोरु र गोवर्धन
हाम्रो देश नेपाल देश कृषि प्रधान देश हो त्यसैले  गोरु कर्मयोगी किसानहरूका लागि अत्यन्त आवश्यक जनावर हो । गोरु भगवान् शिवको वाहन पनि हो । गोपाल शब्दले गाई पाल्ने व्यक्ति, गाईको धनी, ग्वाला, गोठाला आदिको पनि बोध हुन्छ । गोपाल भगवान्  श्री कृष्ण्ाँको पर्यायवाची नाम पनि हो । द्वापरयुगमा इन्द्रले पानी नपारिदिएकाले कृषि पेसामा संलग्न कर्मयोगी गोपालहरू अत्यन्त चिन्तित थिए । यो अवस्थामा भगवान् कृष्ण्ाँले गोवर्धन पर्वको पूजा गर्न सल्लाह दिएका थिए रे । गोपालहरूले त्यसै गरे, फलस्वरुप वर्षा  भयो र सबै अन्न एवं ऐश्वर्यबाट सन्तुष्ट भए । गाई र गोरुको संख्यामा पनि वृदि हुन पुग्यो । यसरी गोरुतिहार पर्व गोवर्धन पर्वसँग गाँसिन पुगेको छ । यस दिन गोरुतिहारका रुपमा गोरुको पूजा गर्ने र गाईको गोबरबाट गोवर्धन पहाड निर्माण्ाँ गरी पूजा गर्ने प्रचलन रहिआएको छ ।साथै यस दिन देखि पुरुषहरु दैसी खेलि रमाइलो गर्छन ।
भाइटीका
तिहारको अन्तिम दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने र दिदीबहिनीलाई दान दक्षिण्ााँ एवं वत्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धामिर्क मान्यता छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने धामिर्क विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि अफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ  यही बिस्वासमा आधारित भएर देउसी भैलो खेल्ने गरिएको हो । त्यसै गरी भाइतिहारको दिन दीयो, कलश र गण्ँोशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोग गरी आङ्खना दिदीबहिनी र दाजुभाइको सुख संमृ्धि, आरोग्य एवं दीर्घायुको कामना गर्ने गरिन्छ ।
यस्ता अनेकौ धार्मिक,संस्कृतले भरिएको माहान पर्व मनाउने चलनबिकृति बनाउ नदिई तिहार पर्वको वास्बिकतालाई मध्यनजर गरि यस पर्वलाई एक सुसंस्कृतको रुपमा मानाँउ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar