Headlines News :
Home » » परिवारका चार जनाको हत्या गर्ने राममणि थुनामा

परिवारका चार जनाको हत्या गर्ने राममणि थुनामा

###
लमजुङ, कार्तिक ४ - आफ्नै परिवारको चार जनाको हत्या गरेको स्वीकार गरेपछि भोटेवडारका राममणि रेग्मीलाई सोमबार जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा राखिएको छ । प्रहरीको अनुसन्धानको आधारमा रेग्मीलाई थुनामा राखिएको अदालतले जनाएको छ ।

रेग्मीले फूलपातीको अघिल्लो रात बुबा ६० वर्षीय अर्जुनप्रसाद रेग्मीसहित बहिनी १४ वर्षीया ज्योती, धर्मदिदी ३५ वर्षीया रिना घिमिरे र उनका छोरा १२ वर्षीय विकास घिमिरेलाई दाउराको चिर्पट प्रयोग गरी हत्या गरेको बताएका छन् ।

आफ्ना बहिनीको हत्या गर्ने उदेश्य नभएपनि संयोगले धर्मदिदी रिनालाई हानेको चिर्पट बहिनीलाई लाग्न गएको उनले बयान दिएको प्रहरीले जनाएको छ ।

अभियुक्त स्वयमले स्वीकारिसकेको र प्रशस्त प्रमाणहरु भएकाले छिटै मुद्दा फैसला भएर सजाय तोकिने प्रहरी नायव निरीक्षक नविनकृष्ण भण्डारीले बताए ।

प्रहरीले समयमै घटनाको जानकारी पाउनुका साथै प्रहरीको केन्दि्रय अनुसन्धान ब्यूरो लगायत सबै अंगको प्रयोग गरेकाले अनुसन्धान सहज र सफल भएको बताएको छ ।

अनुसन्धानमा प्रहरीको तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो । प्रहरीले उक्त घटनालाई लमजुडमा अहिलसम्म भएका अपराधिक घटनामा सबैभन्दा ठूलो र एउटै परिवार भित्र भएको नेपालकै त्रासदीपुर्ण अपराधिक घटना भनेको छ ।

सुरुमा राममणिले घटनामा आफ्नो कुनै संलग्नता नरहेको, विगत २ बर्षयता डिप्रेसनको औषधी खाइरहेको बताएका थिए । पटक पटक बेहोस भएपछि उनलाई वीरेन्द्र सैनिक अस्पताल काठमाडौं लगिएको थियो । उपचारका क्रममा केन्द्रिय अनुसन्धान व्यूरोका अधिकृतहरु समक्ष उनले घटना आफुले घटाएको स्वीकारेको प्रहरी नायब उपरीक्षक अच्युत पुडासैनीले बताए ।

नेपाली सेनामा कार्यरत २९ बर्षे राममणिका घरमा कुकुर सिधै छिरेपछि उनलाई तत्काल प्रहरीले पक्रेका थिए । मृतक अर्जुनका दुई श्रीमतीमध्ये राममणि कान्छीपट्टकिा ठूला छोरा हुन् । जेठी श्रीमती ५ छोरीहरुका साथ छुटै घरमा र कान्छीपट्टकिा दुई छोराहरु छुट्टै बस्दै आएका थिए । कान्छीपट्टकिी छोरी ज्योति भने अर्जुनसँग बस्दै आएकी थिइन् । कान्छी श्रीमतीको करिब १५ बर्षअघि मृत्यु भएको थियो । भारतमा काम गर्दै आएका अर्जुनले १४ बर्षअघि धर्मछोरीको रुपमा रिनालाई ल्याएको र २ बर्षपछि छोरा जन्मेको थियो ।

राममणिले आफ्नो आमाको हत्या अर्जुनले गरको, रिनासग नजायज सम्बन्ध राखेर धनसम्पत्ती सबै उडाएको र आफूलाई अन्यायमा पारेको रिसले हत्या गरेको बयान दिएका छन् ।

दशै मान्न राममणि भदौं २५ गते र अर्जुन फूलपातिभन्दा ३ दिन अघि मात्र घर आएका थिए । दशैकै विषयमा सामान्य खटपट भएपछि राममणि फूलपातिको अघिल्लो रात मद्यपान सेवन गरी अर्जुनको घर पुगेर निदाइरहका बुबा र रिनाका छोरा विनोदको टाउकोमा चिरपट प्रहार गरेको प्रहरीको भनाई छ । लगत्तै रिना र ज्योतिको समेत हत्या गरी उनी भागेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar