|
###
|
चितवन, आश्विन २३ । चितवनको दिव्यनगरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । बुधबार साँझ नारायणी नदीमा माछा मार्न हिँडेका दिव्यनगर–५ का ४५ वर्षीय शुकराम बोटेको शव विहीबार (आज) बिहान भेटिएको हो ।घर–परिवारको सम्पर्कमा नआएपछि स्थानीयले प्रहरीलाई खबर गर्दा बाघले खाएको अवस्थामा बोटेको शव भेटिएको प्रहरीले जनाएको छ ।
|
##
|

0 comments:
...