### |
२० असोज, त्रिशुली ।
आफ्नो घरमा दशैं मानेर आफन्तकोमा टिका लगाउन माइक्रो रिजर्भ गरेका यात्रु चढेको माइक्रोबस काठमाडौको झोर नजिक दुर्घटना हुदा २१ जना घाइते भएका छन् । नुवाकोटको चौघडाबाट रिर्जभमा काठमाडौं जाँदै गरेको माइक्रो आइतबार साँझ र्दुघटनाहुँदा ३ जना यात्रु गम्भिर घाइते भएका छन् ।
चौघडाका स्थानिय दशैंको टिका लगाएर आफन्तकोमा काठमाडौं बा १ ज ९९५२ नम्वरको माइक्रो रिर्जभ गरेर आएकोमा आइतवार साँझ सवा ५ बजे साङला गाविसको बोडेश्वर मन्दीर नजिकै दुर्घटना भएको हो ।
तिब्र गतिको माइक्रोबसको ठक्करले सडक छेउमा रोकेर राखीएको बा २८ प ८४३ नम्बरको पल्सर मोटरसाइकलका चालकलाई समेत ठक्कर दिएर माइक्रोबस करिव ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा परि घाइते हुनेहरुमा नुवाकोट चौघाडा २ का बर्ष ३२ का हरि राई, सोही ठाँउकै बर्ष ५ का सुसान राई, बर्ष २५ का मोहन राई, बर्ष २३ का सुभास राई, सम्झना राई, बैकुण्ठ राई, बर्ष ३५ का सुमन राई, बर्ष १३ को समिर राई, बर्ष ३० की गोमा राई बर्ष ३२ कि बिमला राई, बर्ष २५ कि रमिला राई, लक्ष्मी राई, उर्मिला राई, गोविन्द राई, थान्सीङ १ का बर्ष २३ की सुधा कुवर, उनका श्रीमान र छोरा क्रमश नारायण कुवर तथा नविन कुवर, थान्सीङ ५ की आशा राई रानीवारी बस्ने बर्ष १० का आशीस राई, नुवाकोट कविलास २ का २८ बर्षिय बासु राई, सुन्तली राई तथा माइक्रोबसका चालक नुवाकोट चौघडा २ का २८ बर्षका निरज कुमार राई घाइते भएका छन् ।
त्यस्तै सडक छेउमा मोटरसाइकल रोकेर कुरा गदै गरेका भक्तपुर ठिमी बस्ने बर्ष २१ को तुलाराज प्रजापतीलाई ओरालोमा माइक्रोबसले ठक्कर दिएर भिरमा संगै खसालेका कारण गम्भीर घाइते भएका छन् ।
उनको आँखा तथा ढाडमा गम्भीर चोट लागेको छ घाइते प्रजापतीको ग्रान्डी अस्पतालको आइसीयु कक्षमा उपचार भइरहेको छ भने दुर्घटनामा घाइते भएका अन्य यात्रुको बसुन्धरा स्थीत ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

## |
0 comments:
...