Headlines News :
Home » , » ठूला भ्रष्टाचारीलाई पनि नछाडौं’: प्रधानमन्त्री (भिडियोसहित)

ठूला भ्रष्टाचारीलाई पनि नछाडौं’: प्रधानमन्त्री (भिडियोसहित)

###
काठमाडौं, आश्विन २८ । प्रधानमन्त्री सुशील कोइरालाले दलहरुको झगडाका कारण देश र जनतालाई धोका भएको बताएका छन् । विनियोजन विधेयक २०७१ माथिको छलफलका क्रममा उठेका प्रश्नहरुको मंगलबार संसदमा जवाफ दिँदै प्रधानमन्त्री कोइरालाले सबै मिलेर शान्ति, स्थायीत्व र संविधान निर्माणमा लागेमा देश विकास हुने बताए ।

राष्ट्रिय सुरक्षा नीति देशको आवश्यकता भएको भन्दै प्रधानमन्त्री कोइरालाले त्यसको तयारीमा सरकारले काम गरिरहेको बताए । उनले सरकारको नीति तथा कार्यक्रमको आधारमा आएको विनयोजन विधेयकले सन २०२२ सम्म देशलाई अति कम विकसित राष्टको सूचीबाट विकासशील राष्ट्रको सूचीमा पुर्‍याउन मद्दत गर्ने बताए ।

भ्रष्टचारमा शून्य सहनशीलता आफ्नो सुरुदेखिकै नीति भएको भन्दै प्रधानमन्त्री कोइरालाले साना भ्रष्टचारीलाई कारबाही र ठूलालाई उन्मुक्ति दिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।

प्रधानमन्त्री कोइरालाले राष्ट्रिय योजना अयोगको संरचनामा हेरफेर गर्ने जानकारी समेत दिए ।

यसैबीच, विनियोजन विधेयक २०७१ आजै पारित भएपछि आर्थिक विधेयकमाथिको छलफल पनि सुरु भएको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar