Headlines News :
Home » » प्रेम गरेको सजायँ : रुखमा बाँधेर आँखामा सुई र खुट्टामा किला ठोकियो

प्रेम गरेको सजायँ : रुखमा बाँधेर आँखामा सुई र खुट्टामा किला ठोकियो

###
राजविराज : आफ्नी छोरीसँग प्रेम गरेको भन्दै सप्तरीमा एक युवकलाई रुखमा बाँधेर खुट्टामा किला ठोकी यातना दिइएको छ । देउरी भरुवा गाविसका वीरेन्द्र यादवसहिले रुखमा हात–खुट्टा बाँधी खुट्टामा किला ठोकी शनिबार दिउँसो यातना दिएका छन् ।


आफ्नी चेलीसँग प्रेम गरेको भन्दै यादवसहतिले फर्सेठ गाविस–९ झल्हीका १८ वर्षीय अनिलकुमार यादवलाई चारपाटा मुडेर डोरीले रुखमा बाँधी खुट्टामा किला ठोकेर यातना दिएको पीडितका बाबु छोटेलाल यादवले बताएका छन् । यातना दिने क्रममा वीरेन्द्रसहितले अनिलकुमारको आँखामा सिरञ्जिले समेत रोपिदिएको बुवा छोटेलालले बताए ।

यातनापछि बेहोस भएका अनिलकुमारको राजविराजस्थित अञ्चल अस्पतालमा लगिएकोमा उपचार हुन नसकेपछि विराटनगर लगिएको सप्तरी प्रहरीले जनाएको छ ।

पीडितकी आमा फुदीदेवीका अनुसार वीरेन्द्रसहितले फोन गरी घरमा बोलाएर सुपारीको रुखमा बाँधेर दायाँ खुट्टामा किला ठोक्नुका साथै टाउको र शरीरमा लाठ्ठीले कुटपिट गरेका थिए । अनिलको देब्रे आँखामा सिरञ्जिले रोपिएको छ ।

यातनाबाट गम्भीर घाइते अनिल बोल्न सक्ने अवस्थामा नरहेको चिकित्सकले जनाएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक केदार ढकालले पीडितको उजुरीपछि आरोपितमध्ये देउरी भरुवा–१ का वीरेन्द्र यादवलाई पक्राउ गरी अनुसन्धान थालिएको बताए ।

पीडितपक्षले वीरेन्द्र, उनका दाजु मुसहरु यादव, मुसहरुका छोरा कान्छा भनिने कृष्णमोहन यादवले यातना दिएको उल्लेख गरेका छन् । वैदेशिक रोजगारका लागि सोमबार मलेसिया उड्न लागेका अनिलले यातना भोग्नपुरेपछि अस्पताल पुग्नु परेको छ । 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar