Headlines News :
Home » » ईपीएस परीक्षाफल प्रकाशित, ६ .२ प्रतिशतमात्र उतीर्ण

ईपीएस परीक्षाफल प्रकाशित, ६ .२ प्रतिशतमात्र उतीर्ण

###
काठमाडौ, आश्विन २९ - सोल-कोरिया सरकारले ईपीएस अन्तर्गत पाँचौं  कोरियन भाषा परीक्षाको परीक्षाफल बुधबार सार्बजनिक गरेको छ।

जस अनुसार  ३६ सय ६३  उमेरद्वार उत्तीर्ण भएका छन्।औद्योगीक क्षेत्रका लागि २७ सय ६८ र कृषि क्षेत्र ८ सय ९५ जना उत्तीर्ण गराइएको छ । एचआरडी कोरियाले गत असोज १० र ११ गते परिक्षा संचालन गरेको थियो।

परीक्षाफल  अनुसार  औद्योगीक उत्पादन क्षेत्रको उमेरद्वार  ९ प्रतिशत उतीर्ण छन् । यो क्षेत्रमा ८० प्रतिशत भन्दा बढी अंक ल्याउने उमेरद्वारलाई उतीर्ण गराइएको हो । त्यस्तै कृषिमा ३.२  उतीर्ण प्रतिशत रहेको छ । ७८ प्रतिशत ल्याउने उमेरद्वारलाई यो क्षेत्रमा उतीर्ण गराइएको हो ।

उतीर्ण मध्ये लिङ्गका आधारमा ३४ सय ६३ पुरुष रहेका छन् भने २ सय महिला रहेका छन् । कोरियामा महिला कामदारको माग न्यून हुने भएकाले उतीर्ण संख्या कम हुनसक्ने सोलस्थित नेपाली दूताबासका एक अधिकारीले जनाए ।

पाँचौं भाषा परीक्षाका लागि गत साउन २८ गतेदेखी ३१ गतेसम्म आवेदन खुल्ला गरिएको थियो । यो अवधिमा ६२ हजार ५ सय १४ युवाले आवेदन दिएको भए पनि ५२ हजार ४ सय ८५ पुरुष सहित ६ हजार २ सय ८५ महिलाले मात्र परीक्षा दिएका थिए ।

यसै बर्षदेखि कोरिया सरकारले भाषा परीक्षा उत्तीर्ण गर्ने सबै उमेरद्वारले सीप परीक्षणमा  अनिवार्य सहभागी हुनुपर्ने नियम परिवर्तन गरेको छ । यसअघि उच्च अंक प्राप्तगर्ने मध्ये करिब ५० प्रतिशत उमेरद्वारलाई मात्र सीप परिक्षणमा सहभागी गराईएको थियो ।

त्यस्तै यसअघि  ३ सय पुर्णाकको सो परीक्षण  फिजिकल ५०, अन्तर्वार्ता १०० र सीप परीक्षण १०० गरि २ सय ५० मा झारिएको छ ।

ईपीएस नेपालका निर्देशक डिल्लीराम बास्तोलाले उतीर्ण भएका उमेरद्वारको सबै प्रकृया मङ्सिर महिनासम्ममा सकिने जनाए । मङ्सिरसम्ममा सबै प्रकृया सकिने भएकाले उतीर्ण भएका उमेरद्वार जनवरीदेखि कोरिया जानसक्ने बास्तोलाले जनाए ।

कोरिया को रिजल्ट हेर्नको लागि यहाँ क्लिक गरि हेर्नु होला >>>

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar