Headlines News :
Home » » खुलामञ्चबाट प्रचण्डको घोषणा : जनविद्रोहको नेतृत्व गर्न तयार छु

खुलामञ्चबाट प्रचण्डको घोषणा : जनविद्रोहको नेतृत्व गर्न तयार छु

###
३१ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले कांग्रेस-एमाले विगको सम्झौताविरुद्ध गए अर्को शान्ति पूर्ण जनविद्रोहको नेतृत्व गर्न आफू तयार रहेको घोषणा गरेका छन् ।
२२ दलीय गठवन्धनले शुक्रबार खुलामञ्चमा गरेको प्रचण्डले आफूले फेरि युद्ध गर्ने नभनेको र बन्दुक उठाउन अपील पनि नगरेको बताए । उनले भने-‘ तर, यदि सन्धी सम्झौता विरुद्ध तथाकथित बहुमतको पछि लाग्ने हो भने अर्को एउटा शान्ति पूर्ण जनविद्रोहको नेतृत् वगर्न गर्न तयार छु ।’
जनयुद्ध सुरु गर्नुअघि मंसिर २२ मा खुलामञ्चबाट जनता विद्रोहमा जाँदैछन् भनेको स्मरण गराउँदै उनले २२ दललाई खेलाची नठान्न आग्रह गरे । उनले भने-‘२२ दलले विद्रोह गरे १० वर्षे जनयुद्ध भन्दा ठूलो विद्रोह हुन्छ ।’
खुलामञ्चको सभा आन्दोलन नभए सरसल्लाह र कांग्रेस र एमालेलाई सुझा दिने सभा मात्र भएका बताए ।
पछिल्लो दिनमा कांग्रेस र एमाले नेताहरुले आफूलाई राजनीतिक संयन्त्रको नेता कि २२ दलको पहिला प्रष्ट पार्न आग्रह गरेको भन्दै उनले आफू दुबैको नेता भएको बताए । दुबैको उदेश्य सहमति गर्ने र संविधान बनाउने भएको भन्दै उनले त यता कि उता भनेर प्रश्न गर्नु नै इमान्दारिता नभएको बताए ।
उनले अघि भने-‘कांग्रेस संयन्त्र रोज्छन् कि जनताको एजेण्डा रोज्छन् भन्नुहून्छ भने मलाई संयन्त्र चाहिन्दैन । जनता रोज्छु ।’
विगतमा कांग्रेस-एमालेले हतियार बुझाउनुस् सात दिनमा संविधान बनाउँछौं भनेर कांग्रेस र एमालेले आफूलाई झुक्याएको भन्दै उनले भने-‘मलाई विश्वास घात भएको छ ।’ एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस एमालेलाई पत्याउनु आफ्नो पनि कमेजारी भएको स्वीकार गरे ।
कांग्रेस र एमालेले बाटो विराएको भन्दै उनले जुन ठाउँबाट बाटो बिराएको हो त्यहीबाट फेरि सुरुवात गर्नु पर्ने बताए । उनले भने-‘एक दिन राति वा विहान सबै सम्झौता हेर्नुस र प्रतिवद्धताप्रति इमान्दार हुनुस् ।’
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar