Headlines News :
Home » » पिआरमा क्यानडा बसाइँ सरेका नेपाल सरकारका पूर्व अधिकृतले आत्महत्या गरे

पिआरमा क्यानडा बसाइँ सरेका नेपाल सरकारका पूर्व अधिकृतले आत्महत्या गरे

###
एडमन्टन (क्यानडा)— क्यानाडाको अल्बर्टा राज्यको क्यालगरी सहरमा बस्दै आएका नेपाल सरकारका पूर्वकर्मचारी ४९ वर्षीय कृष्णप्रसाद दाहालले कात्तिक २ गते बिहान आफ्नै निवासमा हातको नसा काटेर आत्महत्या गरेका छन्। नेपालमा भक्तपुर कटुन्जे गाविस, सिर्जना नगरमा स्थाई बसोबास भएका दाहाल पाँच महिनाअघि मात्रै गत जुन महिनामा परि
वारसहित क्यानडाको स्थायी बसोबास कार्यक्रमअन्तर्गत यहाँ आएका थिए।

नेपालमा छँदा प्रधानमन्त्रीको कार्यालयमा अधिकृत पदमा कार्यरत दाहालको उपसचिवको बढुवा सूचिमा नाम निक्लिएको थियो। तर उनले राजीनामा दिएर नेपाल छोडेको परिवार निकट आफन्तले बताए।

१३ वर्षे एक छोरी र ११ वर्षे एक छोराका पिता दाहाल नेपाल सरकारको उत्कृष्ट निजामति सेवा पुरस्कारबाट पनि पुरष्कृत भएका थिए। सपरिवार आएकामा उनकी श्रीमतीले काम गर्न थालेकी थिइन् भने उनी रोजगारीका लागि केही अल्पकालीन तालिम लिइरहेका थिए। साहित्य सिर्जनामा रुचि भएका दाहाल नेपाली समुदायमा कविका रुपमा पनि चिनिन्थे। दाहालको दु:खद निधनबारे उनको परिवारसँग बुझ्न खोज्दा उनको परिवारले केही बताउन चाहेन।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar