|
###
|
काठमाडौं, आश्विन १६ । स्वदेशमै भएर पनि दसैं मनाउँन घर नगइ विकासमा नेपाली जुटेका छन् भन्दा झट्ट विश्वास नलाग्न सक्छ । तर, बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काममा व्यस्त विकासप्रेमी नेपाली स्वदेशमै भएर पनि दसैं जस्तो महान् चाड मनाउन घर नगइ विकास अभियानमा जुटेका हुन् ।२०७३ साल वैशाख १ गते काठमाडौंबासीको घरघरमा पानी पुर्याउने लक्ष्यमा असर नपरोस् भनेर दसैंमा पनि घर नजाने निधो गरेको उनीहरु बताउँछन् ।
मेलम्ची खानेपानी परियोजना निमार्णको जिम्मा पाएको इटालीयन कम्पनी सीएमसीबाट ४ किलोमिटरको सुरुङ खन्ने जिम्मा पाएको नेपाली कम्पनी युनाइटेड हाइ हिमालय मेगाटेक जेभीमा काम गर्ने नेपाली कामदारले यस्तो निर्णय गरेका हुन् ।
विदेशी कम्पनीदेखि नेपाली कम्पनीका कामदारहरु कम्मर कसेर २४सैं घन्टा सुरुङ निर्माणमा जुटिरहेका उनीहरु मेलम्चीको पिउने पानी काठमाडौं समयमै पुर्याउन सकियोस् भनेर दसैंमा पनि घर नगइ काममा लाग्ने निर्णय गरिएको बताउँछन् ।
बिदामा नबस्न कुनै पनि कामदारलाई दबाब नदिएको कम्पनीको दाबी छ ।
|
##
|

0 comments:
...