### |
रेडक्रस सोसाईटी रौतहटका सभापति सञ्जिवकुमार मल्लिकले ५० हजार रुपैयाँको गड्डी बुधबार दिउँसो बर्दिबासको गौतम होटल नजिक भेट्नु भएको थियो ।
उहाँले त्यो रकम बुधबार नै इलाका प्रहरी कार्यालय बर्दिबासमा बुझाउनु भएको थियो ।
प्रहरीले छानबिन गरी बिहीबार त्यो रकम बर्दिबासकै अर्जुन न्यौपानेलाई फिर्ता गरेको हो । बर्दिबासमा पेट्रोल पम्प सञ्चालन गर्दै आएको न्यौपानले त्यो रकम आफ्नो भएको दाबी र प्रमाण पेश गरेपछि फिर्ता गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।
बुधबार बर्दिबासमा रहेको आइएमईबाट अढाई लाख रुपैयाँ निकालेर पेट्रोल पम्पतर्फ जाने क्रममा ५० हजार रुपैयाँ खसेको न्यौपानेले बताउनु भएको छ । रेडक्रस सोसाईटी रौतहटका मल्लिकको इमान्दारिताको कारणे हराएको रुपैयाँ आफूले फिर्ता परेको भन्दै न्यौपानेले खुशी व्यक्त गर्नुभयो ।
## |
0 comments:
...