### |
भगौडा प्रहरीसमेत खुमबहादुरको सेनामा
काठमाडौं, असोज २३ – बलाराम आचार्य पेसाले पण्डित हुन् । पुजापाठ, श्राद्ध, धर्म– कर्म उनको कर्तव्य हो । तर उनी यतिबेला हिन्दु राष्ट्र बनाउन भन्दै हतियार बोक्न तयार भएका छन् । पहेँलो ड्रेसमा भेटिएका उनले भने ‘म पेसाले पण्डित भएपनि सैन्य ट्रेनिङ लिइरहेको छु ।’ हिन्दु राज्य घोषणा बनाउन माग गर्दै अभियानमा लागेको नेपाली कांग्रेसका नेताहरुले सेना तयार पारेको रहस्य खुलासा भएको छ । गठित सैन्य संगठनको नाम ‘धर्मरक्षक गोरक्ष सेना’ रहेको छ । सेनाको बाहिनीपतिको रुपमा धनबहादुर कुँवर रहेका छन् । सुरक्षाको कारण भन्दै उनीसँग रातोपाटीले अन्य विवरण माग्दा दिन इन्कार गरे । ‘हामी यति नै संख्यामा छौँ भनेर भन्न सक्दैनौँ ।’ कति संख्यामा हुनुहुन्छ भनेर रातोपाटीले गरेको प्रश्नमा समुहकै डा.मिठाराम विश्वकर्माले भने ‘ हामीले सबै तयारी गरिसक्यौँ । राज्यले हामीलाई जस्तो व्यवहार गर्छ त्यस्तै जवाफ दिन तयार छौँ ।’ कार्यक्रममा बोल्ने अधिकांस वक्ताले राज्यले हिन्दु राज्य अस्विकार गरे हतियार उठाउने चेतावान दिएका थिए । कांग्रेसकै शिक्षक संगठनमा पूर्व महासचिव मिठाराम विश्वकर्माले आगामी दिनमा जस्तो सुकै चुनौतीको पनि हाम्रो सेनाले सामना गर्नेछ ।
भगौडा प्रहरीसमेत खुमबहादुरको सेनामा ?@ ratopati
खुमबहादुरले थालेको हिन्दु राष्ट्र बनाउने अभियानलाई सघाउन गठन गरिएको सेनामा अधिकांस भगौडा प्रहरी रहेको बुझिएको छ । स्रोतका अनुसार खुमबहादुर गृह मन्त्री हुँदा भर्ना भएका अधिकांस भगौडा प्रहरी उनको सेनामा छन् । ‘सैन्य संरचनामा आवश्यक पर्ने आधारभूत तयारी भैसकेको छ ।’ हतियार पनि के कस्तो छ ? रातोपाटीको प्रश्नमा उनले भने ‘ आधारभूत रुपमा राज्यसँग लड्न सक्ने तागत हामीसँग छ ।’

भगौडा प्रहरीसमेत खुमबहादुरको सेनामा ?
खुमबहादुरले थालेको हिन्दु राष्ट्र बनाउने अभियानलाई सघाउन गठन गरिएको सेनामा अधिकांस भगौडा प्रहरी रहेको बुझिएको छ । स्रोतका अनुसार खुमबहादुर गृह मन्त्री हुँदा भर्ना भएका अधिकांस भगौडा प्रहरी उनको सेनामा छन् । ‘सैन्य संरचनामा आवश्यक पर्ने आधारभूत तयारी भैसकेको छ ।’ हतियार पनि के कस्तो छ ? रातोपाटीको प्रश्नमा उनले भने ‘ आधारभूत रुपमा राज्यसँग लड्न सक्ने तागत हामीसँग छ ।’
## |
0 comments:
...