### |
जापानमा करिव एक हप्ता अगाडीदेखि केहि समयको अन्तरालमा आउने क्रममा रहेको टाईफुन सोमवार बिहान फेरी आएको छ | एकजना बेपत्ता हुने गरि बिहानै देखि आएको यस टाईफुन जापानको क्युशु टापूमा आएको हो |
जापानका तीन मुख्य प्रान्त ओकिनावा, कागोशिम र मियाजाकि मा ४५ जनालाई घाइते बनाउने गरि आइतवार दिउसो आएको यस टाईफुनमा परी आज फेरी दर्जनौ घाइते भएका छन् |
आइतवार देखि नै एक सय ८० किमि प्रति घण्टाको गतिमा आएको टाईफुन सो समय क्युशु र होन्शु टापू तिर अघि बढेको जापान टुडेले बताएको थियो | हाल पनि यसको गति एक सय ८० किमि प्रति घण्टा नै रहेको छ | यसबाट क्युशु टापूमा दर्जनौको संख्यामा पहिरो जान सक्ने आशंका गरिएको छ |
सोमवार ट्रेन, बसहरु संचालमा दिउसो चार बजेपछि रोक लगाइने बताइएको भएतापनि टाईफुनका कारण घटनाग्रष्त क्षेत्रमा हाल सबै सवारी साधनहरु प्रभावित बनेका छन् | जापान टुडेका अनुसार यस हप्ता मात्रै टाईफुनका कारण जापानमा १३ जनाले ज्यान गुमाई सकेका छन् |
त्यस्तै हाल नेपालमा पनि भारतमा आएको हुडहुड आँधीको प्रभाव देखिएको छ |

## |
0 comments:
...