Headlines News :
Home » » इजरायली धर्मगुरु निष्कासित

इजरायली धर्मगुरु निष्कासित

###
काठमाडौं : आफ्नो राहदानीमा लगाएको नेपाली भिसा उप्क ाएको आरोपमा पक्राउ परेका एक इजरायली धर्मगुरुलाई नेपालस्थित इजरायली दूतावासको दबाबमा गृह मन्त्रालयले साढे दुई महिनाका लागि नेपालबाट निकाला गरेको छ।

गृह मन्त्रालयले सचिवस्तरीय निर्णय गरी इजरायली धर्मगुरु छेजाई लिस्तिजलाई पुस १६ ( सन २०१४ भर ) सम्म नेपाल आउन नपाउने गरी निष्कासन गरेको हो। यो निर्णय भएको झन्डै एक साता बितिसकेपछि मात्र अध्यागमन विभागले उनलाई उनकै देश पठाएको हो।

विभागले लिस्तिजलाई मंगलबार अपराह्न भारतको मुम्बई हुँदै इजरायल पठाएको छ। विभागका महानिर्देशक सुदर्शन ढकालले निश्चित जरिबाना तिराएर लिस्तिजलाई निष्कासन गरिएको बताए। उनले हवाई टिकट मिलाउन केही समय लागेकाले लिस्तिजलाई पठाउन ढिलाइ भएको खुलाए।

गृहले निष्कासन गर्ने निर्णय गर्दा पनि उनी विभागको हिरासतमा बसेनन्। यस्तै घटनामा निष्कासित अन्य विदेशीलाई भने विभागले फिर्ता नहुन्जेल हिरासतमा राख्दै आएको छ। लिस्तिज विभागको हिरासतमा नबसी इजरायली दूतावासका अधिकारीसँगै बसेका थिए। विभागले उनलाई जाली भिसाअन्तर्गत मुद्दा चलाएको थियो।

गत वैशाख ३० गते नक्कली भिसा प्रयोग गरेको आरोपमा पक्राउ परेका पाँच चिनियाँलाई सरकारले पाँच वर्षसम्म नेपाल आउन नपाउने गरी निष्कासन गरेको थियो। प्रधानमन्त्री र नेपालस्थित इजरायली दूतावासको दबाबमा गृह मन्त्रालयले लिस्तिजलाई औपचारिकतामा मात्र सीमित हुने गरी कारबाही गरेको छ।

लिस्तिज राहदानीमा लगाएको नेपाली भिसा उप्काएको आरोपमा असोज ९ गते पक्राउ परेका थिए। उनी इजरायली दूतावासमा हुने बृहत् धार्मिक कार्यक्रममा सहभागी हुन सपरिवार नेपाल आएका थिए।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar