### |
काकाठमाडौं-छ महिना उपचारपछि वीर अस्पतालको बर्न वार्डबाट मंगलबार बिदा हुँदा रिहाना शेख ढपालीको एउटा हातमा उही गुडिया थियो, जसलाई उनले गर्भमै तुहिएको सन्तान सरह काखी च्याप्दै आएकी छन्। अनि अर्को हातमा थियो, वीरका चिकित्सक डा. पियुष दाहालको तस्बिर, जसलाई उनले आफ्नो उपचारमा संलग्न डाक्टर होइन, बाबुसरह मान्न थालेकी छन्।
छोरीको पैतालामा सानो काँडा बिझ्दा पनि बाबुको मन छियाछिया हुन्छ। यत्तिकै गाढा भइसकेको थियो, रिहाना र डा. दाहालको सम्बन्ध। सायद त्यही भएर रिहाना ‘डिस्चार्ज' हुँदा वीरको बर्न वार्डमा मंगलबार यस्तो माहोल थियो, मानौं यो दुलही डोलीमा अन्माउने घडी हो जहाँ एकातिर नयाँ जीवन सुरुआतको खुसी छ, अर्कातिर विछोडको विलाप।
बाँके, लक्ष्मणपुर–८ की रिहानालाई भैंसी र मोटरसाइकल दाइजो नपाएको निहुँमा पति फरिद शेख ढपाली र उनका परिवारले गत चैत ३ गते हदैसम्मको शारीरिक यातना दिँदै जिउँदै आगोमा झोसिदिएका थिए। यतिले पनि प्राण नगएपछि आगोले छिलबिल रिहानालाई औषधिउपचारबिना दुई दिन कोठामा थुनेर राखेका थिए। बाबुको जोडबल र केही सहृदयीको सहयोगले बल्लतल्ल वीरको बर्न वार्ड आइपुगेकी हुन् उनी। छ महिना लामो उपचार क्रममा डाक्टर–नर्सहरूसँग यति आत्मीय भइछन्, डिस्चार्ज भएर बाहिर निस्कँदा पनि घरिघरि फर्किएर अस्पतालै नियालिरहेकी थिइन्।
‘डाक्टर अंकलको याद आउँदा यही फोटो हेर्छु,' अस्पताल छाड्नुअघि आफ्नो मोबाइलमा डा. दाहालको तस्बिर देखाउँदै रिहानाले भनिन्, ‘जतिखेर फोन गरे पनि हुन्छ भन्नुभएको छ, म त न्यास्रो लाग्नेबित्तिकै फोन गरिहाल्छु, अझै मन मानेन भने बस चढेर भेट्न आइहाल्छु।'
आफूलाई मृत्युको मुखबाट बचाएर ल्याएको र आगोले डढेर छिलबिल भएको ज्यान पुरानै अवस्थामा फर्काइदिएकोमा डा. दाहाल र वीरका सम्पूर्ण चिकित्सकलाई धन्यवाद दिँदै उनले भनिन्, ‘उहाँहरूले मलाई नयाँ जिन्दगी दिनुभयो, कसरी भुल्न सक्छु म?'
उता डा. दाहालको मुहार पनि अमिलो थियो। रिहाना घर फर्कन लागेको थाहा पाएपछि जाँच्दाजाँच्दैको बिरामी छाडेर उनी बिदाइमा सरिक हुन आइपुगेका थिए।
‘आज रिहाना लट्ठीको सहाराबिना हिँड्नसक्ने भई,' उनले भने, ‘एउटा डाक्टरका लागि योभन्दा ठूलो खुसी अर्को के हुन्छ! तर, छ महिनादेखि उपचार गर्दा आफ्नो परिवारकै सदस्यजस्तो लाग्न थालिसकेछ, अब उसलाई वार्डमा नदेख्दा अलिअलि खल्लो त लागिहाल्छ।'
उनको जस्तै हालत बर्न वार्डका अन्य चिकित्सक तथा नर्सहरूको पनि थियो। उनीहरू भन्दै थिए, ‘एउटी सानी बच्ची, दुःखको पहाड नाघेर यहाँ आइपुगी, माया त लागिहाल्छ!'
उपचार क्रममा रिहानाले राम्ररी खाना नखाएको दिन डा. दाहाल साह्रै रिसाउने गर्थे। भोलिपल्ट रिहानाले नै हँसाएर फकाउँथिन्। लाडे पल्टिएर बोलाउँथिन्। उनको मन नौनीजस्तो पग्लिहाल्थ्यो। हुँदाहुँदा पछि त दाहालले खुवाउँदा मात्र खाने भइन् रिहाना। अरूले खुवाउन खोजे मान्दै नमान्ने।
‘म जति रिसाए पनि फकाउन सिपालु थिई,' डा. दाहालले भने, ‘उसको घाउ बेस्सरी दुखेको हुन्थ्यो, तैपनि म हप्काउँदै हिँड्न लगाउँथेँ, ऊ हिँडोस् र निको होस् भनेर।'
यो उनको आत्मीयता नै हो, उपचारका लागि खर्च जुटाउन विभिन्न सघ–संस्थाबाट सहयोग ल्याउन पनि उत्तिकै खटिए। रिहानाको भलाइकै लागि अस्पतालको नियमभन्दा केही दिन बढी राखेर मात्र डिस्चार्ज गरेको उनले सुनाए।
‘अलिअलि घाउ निको हुनेबित्तिकै डिस्चार्ज गरेर पठाउने गरिए पनि रिहानालाई पूरै निको पार्न थप समय वार्डमा राखेका हौं,' उनले भने, ‘पूरा निको नहुँदै घर पठाए बांगिएको खुट्टा थप बिग्रेला भन्ने चिन्ता थियो, अब केही डर छैन।' बांगिएको खुट्टा पूरै निको हुन भने अझै केही समय लाग्ने उनले बताए। यसका लागि उनले खुट्टा सिधा पार्ने फिजियोथेरापी सिकाइदिएका छन्। र, भनेका छन्, ‘घरमा कहिल्यै नबिर्सी यो फिजियोथेरापी गर्नू। फिजियोथेरापीले पनि नभए फेरि एकपटक अप्रेसन गर्नुपर्छ।'
रिहानाले पनि ‘डाक्टर अंकल' को सल्लाह पूरै अमल गर्ने बताएकी छन्।
‘केही समय यो खुट्टामा बढ्ता बल नदिनू भन्नुभएको छ,' उनले बांगिएको खुट्टा देखाउँदै भनिन्, ‘मलाई त अरूको सहाराबिना आफैं उभिनसक्ने हुनु नै ठूलो लागिरहेको छ।'
‘अब घर फर्केर के गर्छौ त?' यो प्रश्नमा रिहानाले भनिन्, ‘अहिले त केही सोचेकै छैन, अम्मीसँग दिन बिताउँछु, खुट्टा पूरा निको भएपछि केही सोच्नुपर्ला।'
यसो भन्दै गर्दा उनी हातमा च्यापेकी गुडियाको कपाल मुसारिरहेकी थिइन्।
परिवारबाट आगोमा झोसिँदा उनी गर्भवती थिइन्। बच्चा गर्भमै खेर गएको थियो। त्यसयता त्यही गुडियालाई छोरी मानेर आफूसँगै सुताउँदै आएकी छन्। दिउँसो पनि एक्लै गुडियासँग भुलिरहेकी हुन्छिन्। घरि कपाल कोरिदिन्छिन्, घरि लुगा फेरिदिन्छिन्।
‘जबसम्म मलाई जलाउनेहरूले सजाय पाउँदैनन्, तबसम्म मेरो घाउ निको हुँदैन,' रिहानाले भनिन्।
स्थानीय नेताले संरक्षण दिएकैले आफूलाई जलाउने पति र परिवारका सदस्य भारततिर भाग्न सकेको उनको आरोप छ।
उनलाई जलाएपछि दुई दिन कोठामै थुनेर लुकिछिपी भारतको बहराइच पुर्यासइएको थियो। त्यहाँ केही दिनको उपचारपछि पिताले छोरी जलेको थाहा पाएका थिए। त्यसपछि उनलाई भारतबाट नेपालगन्जको भेरी अञ्चल अस्पताल ल्याइयो। कम्मरमुनिको भाग पूरै जलेकाले त्यहाँ उपचार नहुने भएपछि वीर अस्पताल पठाइएको हो।
पति फरिद पक्राउ नभए रिहानाको तलाक (सम्बन्धबिच्छेद) मा समेत अप्ठेरो पर्ने भएकाले जसरी पनि पक्राउ हुनुपर्ने पिता समिमले बताए।

## |
0 comments:
...