### |
धादिङ– पृथ्वी राजमार्गअन्तर्गत गजुरी–२ फुर्केखोलास्थित सडकबाट त्रिशूली नदीमा आइचर ट्रक पल्टिएर बेपत्ता भएको छ। ट्रकमा सवार चार जना हराइरहेका छन्। सोमबार दिउँसो पौने पाँच बजेतिर काठमाडौंबाट चरौंदीतर्फ जाँदै गरेको तरकारी बोक्ने ना४ख ८८१४ नम्बरको आइचर ट्रक सडकबाट करिब ७० मिटर तल त्रिशूली नदीमा खसेको थियो।
कालिमाटीमा तरकारी पुर्याएर फर्किएको ट्रकमा चार जना रहेको आशंका गरिएको छ। चालक, सहचालक, एक महिलासहित दुई यात्रु चढेको देखेको गजुरीका एक प्रत्यक्षदर्शीले प्रहरीलाई जानकारी गराएका छन्। तर ट्रकमा को–को सवार थिए भन्ने खुलेको छैन। ट्रक त्रिशूली नदीको बीच भागमा अडि्कएको छ। ट्रकको बडीको थोरै आकार मात्र देखिएको छ। दुर्घटनालगत्तै उद्धारका निम्ति स्थानीय, इलाका प्रहरी कार्यालय गजुरीलगायत घटनास्थल पुगे पनि पानीमा पुरै डुबेका कारण उद्धारको काम हुन सकेको छैन। तिब्र गतिका कारण दुर्घटना भएको अनुमान गरिए पनि कारण अझै खुल्न नसकेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।

## |
0 comments:
...