### |
चितवन- शुक्रबार साँझ काठमाडौंबाट विराटनगरका लागि छुटेको शुभश्री यातायातको गाडी चितवन, रामनगर पुगेर घ्याच्च रोकियो, यात्रुलाई खाना खुवाउन। चालक रमेश तामाङ र गाडीमै आएका सवारीधनी दीपक र नवीन रेग्मी पनि खाना खान होटलतिर लागे।
'यो होटलमा खाना खाऊँ,' पहिलोपटक रात्रिबसको स्टेयरिङ समातेका टिपरचालक तामाङले साहुहरूसित प्रस्ताव राखे।
'होइन, धादिङका श्रेष्ठदाइको मनकामना होटलमा खाने,' साहुले आफ्नो प्रस्ताव ठाडै इन्कार गरिदिएपछि चालक तामाङका कन्सिरीका रौं तात्न थालिहाले।
पहिलोपटक रात्रिबस, त्यसमा पनि विराटनगरसम्म एक्लै चलाउनुपर्ने भनेर चालक साहुसित यसअघि नै रिसाइसकेका थिए।
'दुर्घटना गराउने चालक रात्रिबस चलाउने अनुभवी नभएर स्थानीय रुटमा टिपर चलाउने कच्चा ड्राइभर पो रहेछ,' मकवानपुर डिएसपी दीपक थापाले चालकको बयान उद्धृत गर्दै नागरिकसँग भने, 'समथर ठाउँलाई मदिराको सुरमा खाल्डो देखेर मोड्दा अर्को गाडीसँग ठोक्कियो।'
राम्ररी चिनजानसमेत नभएका साहुसँगको रिसको झोंकमा गाडी हुइँक्याउँदा अर्को गाडीसँग ठोक्किएर दुर्घटनालगत्तै भागेका उनलाई प्रहरीले ससुरालीमा लुकिरहेको अवस्थामा पक्राउ गरी बयान लिएको हो।
'कन्डक्टरको काम गरिरहेका साहु दीपकले खाना खाँदा घ्युभात खाएको देख्दा पनि चालकलाई सहिनसक्नु भएको रहेछ,' डिएसपी थापाले बयानलाई आधार बनाउँदै सुनाए, 'तेल हाल्ने ठाउँमा चाबी खोल्न नसकेकोमा उसले 'यस्ता मूला बसको चाबी खोल्न नसक्ने पनि कन्डक्टर?’ भन्दै साहुसँग रिस पोखेको थियो।'
खाना खाने क्रममै तामाङ जुरुक्क उठेर अर्को होटल पुगी रक्सी थपेको पनि चालकले बयान दिएका छन्। उनको मेडिकल रिपोर्टले अत्यधिक मदिरा सेवन पुष्टि गरेको डिएसपी थापाले बताए।
यात्रुले गति कम गर्न आग्रह गर्दा ‘यो बाटो त मेरो पानीपँधेरोजस्तो हो, कति हिँड्छु कति' भनेका थिए।
दुर्घटनाको कारण साहुको चाँडै धनी हुने सोचले पनि मलजल गरेको पाइएको डिएसपी थापाले बताए। मासिक तलबमा चालक राख्दा बढी खर्च हुने भएकाले कतिपय सवारीधनी टिपका हिसाबले मनपर्दी चालक राख्छन्। साहुहरूले तामाङलाई पनि दुर्घटनाको अघिल्लो रात टिपकै हिसाबमा पैसा पाउने गरी काठमाडौं लगेका थिए। तर फर्कने बेला झगडा भएपछि उनले 'जान सक्दिनँ, हेटौंडामा जसरी पनि अर्को चालक खोज्नुस्' भनेका थिए।
सवारीधनीले ‘जसरी पनि हिँड्’ भनेपछि चालकको रिसको पारो झन् माथि उक्लिएको थापाले बयान उद्धृत गर्दै सुनाए। 'रक्सी धेरै पिएर नियन्त्रण नै गुमाएका चालकले खाल्डै नभएको ठाउँमा खाल्डा देखेर मोड्दा दुर्घटना भएको हो,' उनले भने। चालकले रामनगरमा भने खाल्डामै गाडी जाकेर यात्रुलाई हायलकायल पारिसकेका थिए। त्यहीँ सबैले हामी उत्रन्छौं भन्दा पनि उनले टेरेनन्, मनपरी कुदाए, फलस्वरुप बसामाडी पुग्दा गाडी दुर्घटनाग्रस्त बन्यो।
सबैजसो चालक तनाबमै हुन्छन्
नारायणगढ–काँकडभिट्टा रुट चल्ने नारायणी डिलक्स ना५ख १८१६ का चालक नारायणदत्त पाण्डे ४ सय ८६ किलोमिटर दुरी एक्लै तय गर्छन्। उनले बिनातालिम गाडी चलाउन थालेको १८ वर्ष भयो।
'एउटा रुटमा दुई जनाले चलाउँदा चालकलाई पोसाउँदैन,' उनी भन्छन्, 'दिनको २५ सय भत्ताले पाँच दिन चलाएर के खाने? त्यै पनि बाँडे त झन् मुस्किल हुन्छ नि?’
उनका अनुसार कम पैसाकै कारण प्रायः चालक तनाबमा सवारी हाँकिरहेका हुन्छन्। ‘निन्द्रा लागे गुट्खा खान्छु, चिया, रेडबुल पनि चल्छ,' पाण्डे भन्छन्, 'म त रक्सी पिउन्नँ तर धेरैले पिएर चलाएको देखेको छु।'
पाण्डेजस्तै पैसाको लोभमा बिनातालिम एक्लै रुट धान्ने चालक थुप्रै छन्। उनीहरू मासिक तलब राम्रो नपाउँदा दैनिक भत्ताका लागि यात्रुलाई जोखिममा राखेर लामो रुटमा एक्लै गाडी चलाउन तयार हुन्छन्। लामो दुरीका गाडीमा दैनिक १ हजार ५ सयदेखि ३ हजारसम्म भत्ता हुन्छ। चालकका अनुसार त्यसबाहेक ७ हजारसम्म तलब हुन्छ।
वीरगन्जबाट महेन्द्रनगर आउँदै गरेका ना५ख ४९९० नम्बर सफारी डिलक्सका चालक भरत न्यौपानेलाई भने अर्का चालक रामजी कार्कीले साथ दिन्छन्। २ सय किलोमिटर नाघेपछि उनी आराम गर्छन्। आम्दानीबाट भने उनी पनि सन्तुष्ट छैनन्। 'पैसा बढी दिनुपर्छ भनेर लोभले साहुहरूले नै दुई डाइभर राख्दैनन्, एक्लै चलाउँदा त थाकिन्छ नि, हाम्रो पनि शरीर नै हो,’ न्यौपानेले भने।
लामो दुरीका चालक बढी लापरबाह हुने अनुभव छ उनको। ‘राति डिम लाइटमा चलाउनुपर्छ, तर धेरैजसो चर्को बत्तीमै चलाउँछन्,' उनले भने, 'सडकमा ट्रकले बढी हेप्छन्।'
महेन्द्रनगरसम्म चलाएको ३ हजार भत्ता र मासिक ५ हजार तलब छ उनको। सहरमा साँझ हुने चेकजाँचजस्तै प्रत्येक ४० किलोमिटरमा मापसे र रात्रि गाडी चेक भए दुर्घटना कम हुने उनको भनाइ छ।
ना३ख ९१७१ काठमाडौं–धनगढी चल्ने महेन्द्रनगर सुपर चौतारीका चालक सुरेश अधिकारी बाँके, कोहलपुर पुगेपछि आराम गर्छन्। उनी आफैं साहु पनि हुन्, त्यसैले गाडीमा सँगै रहन्छन्। ‘चालकलाई मात्र छाडिदिँदा बाटामा हुने आम्दानी गुम्ने उनले गुनासो गरे। 'सिट ठाउँमा नभरिँदा घाटा हुन्छ, बाटामा चढेकाले भए पनि तेल त भर्नुपर्योे नि,' उनले भने, 'लामो रुटमा चाडपर्वमै मात्र हो फाइदा हुने।’
अधिकांश रात्रिबसमा चालक एकै जना रहने उनले सुनाए। ड्राइभरको लापरबाही, गाडी मर्मतसम्भार नगर्ने, निन्द्रा र थकान दुर्घटना निम्त्याउने प्रमुख कारण रहेको उनी बताउँछन्।
रात्रिबसका धेरैजसो चालक दिउँसो फुर्सद भए पनि सुत्दैनन्। तास खेलेर, डुलेर वा निजी काम गरेर बिताउँछन्। ‘समितिले चालक र सहचालकलाई १२ घन्टा समय आराम गर्ने दिन्छ,' यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदी भन्छन्, 'त्यति मात्र होइन, रुट परिवर्तन भएकै ठाउँमा कोठा पनि लिइदिएको हुन्छ।’
रात्रिबसका चालकको तलब २५ देखि ३० हजारसम्म रहेको उनको भनाइ छ। 'सबैले दिन नसक्लान् तर रात्रिबस चलाउनेलाई बढी नै दिइन्छ,' उनले भने। चालकले रातमा मदिरा सेवन गरेर चलाएका धेरै घटना आफूले थाहा पाएको उनले बताए। चालकको व्यवहार सुधार्ने काम सरकारको रहेको उनको भनाइ छ। 'लाइसेन्स मात्र दिएर हुन्छ?' उनले भने, 'तालिम दिनुपर्छ, अनुगमन पनि गर्नुपर्छ।’
एकपटक लाइसेन्स दिएपछि पाँच वर्षका लागि ढुक्क हुने प्रावधानले पनि चालकलाई लापरबाह बनाएको उनको दाबी छ। हरेक वर्ष चालकको स्वास्थ्य, शारीरिक अवस्था र अनुभव परीक्षण गरेर नयाँ लाइसेन्स दिने व्यवस्था गरिनुपर्ने उनले बताए।
चालक छनोटमा पनि समितिहरूको अवस्था दयनीय रहेको उनले सुनाए। ‘अलिकति अनुभव भएपछि कोही विदेश जान्छन्, कोही बार्गेनिङ गर्छन्,' सुवेदीले भने, 'अनि आलाकाँचाका हातमा स्टेयरिङ पर्छ।

## |
0 comments:
...