Headlines News :
Home » » मरेपछि तपाईंको फेसबुक र ट्विटर के हुन्छ ?

मरेपछि तपाईंको फेसबुक र ट्विटर के हुन्छ ?

###
मानिस सामाजिक प्राणी भएकै कारण उसले आफ्नो जीवन एक्लै व्यतित गर्न सक्दैनँ । मानिसहरुको यस्तै स्वभावलाई लक्षित गर्दै संसारका बुद्धिमान मानिसहरुले सामाजिक संजालको स्थापना गर्दै नाम र दाम दुबैमा निकै सफलता हात पारेका छन् । थुप्रै सामाजिक संजालमध्ये फेबसुक र ट्विटर अग्रपंक्तिमा आउँछन् । संसारका जुनसुकै कुनाका मानिसहरुलाई पनि फेसबुकको बारेमा पाठ पढाइराख्नु नपर्ला । फेसबुकप्रति मानिसहरु यति आकर्षित छन् कि मानिसहरु यसको अनुपस्थितीमा आफ्नो जीवन नै अधुरो रहेको भन्न पछि पर्दैनन् । बाँचुञ्जेल मानिसहरुले आफ्नो समय सामाजिक संजाल फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि लाई देलान् तर तपाईंको मृत्युपछि तपाईंहरुको प्राणभन्दा प्यारो सामाजिक संजालको अवस्था के हुन्छ भन्ने अनुमान गर्नसक्नु हुन्छ ? आउनुहोस् थाहा पाऔँः

 फेसबुकः
 फेसबुक प्रयोगकर्ता कसैको निधन भएमा उनको परिवारले उक्त अकाउन्ट सधैँको लागि डिलिट गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् । तर अकाउन्टलाई भने परिवारका जोसुकै सदस्यले पनि चलाउन सक्नेछैनन् ।

 ट्वीटरः
 ट्वीटर प्रयोगकर्ताको मृत्यु भएमा उक्त अकाउन्ट डिलिट नभई डिएक्टिभेट गर्न सकिनेछ । त्यसैगरी, मृत व्यक्तिको प्रोफाइललाई मेमोरियल बनाउन वा त्यसमा रहेको भिडियो र तस्बिर डिलिट गर्न दिने नीति पनि ट्वीटरको छ ।
लिङ्क्डइनः
लिङ्क्डइन चलाउने प्रयोगकर्ताहरुको मृत्यु भएमा उक्त अकाउन्ट डिलिट गर्न सकिनेछ । मृतकका परिवारका सदस्यले यसबाट कुनै पनि जानकारी ट्रान्सफर गर्न सक्दैनन् तर प्रोफाइल डिलिट भने गर्न सक्नेछन् । (एजेन्सी)
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar