### |
काठमाडौं : अंग्रेजी बोल्ने र बुझ्ने पाइलट नपाएकोले चीनले पठाउनुपर्ने जहाज तीन महिना ढिलो काठमाडौं आएको छ। सोमबार काठमाडौं आइपुगेको दोस्रो चिनियाँ जहाजसँगै चीनले अंग्रेजी बोल्ने प्रशिक्षक पाइलट पठाएको छ। निर्धारित समय तालिकाअनुसार वाई १२ ई विमान असार ३० गते नै काठमाडौं आइपुग्नुपर्ने थियो। तर चीनले अंग्रेजी जान्ने पाइलट नपाएको भन्दै ढिलो हुने जानकारी गराएको थियो।
नेपालको उड्डयन नियमअनुसार अंग्रेजी बुझ्ने र बोल्ने पाइलट अनिवार्य छ। यसपटक चीनले प्रशिक्षक पाइलट पठाएको र सँगै जहाज पनि दिएको निगमका कर्मर्सियल विभागका प्रमुख रामहरि शर्माले जानकारी दिए। उनका अनुसार जहाज आउन ढिलो भए पनि अब यसलाई सबै प्रकृया पूरा गरेर नियमित उडानमा प्रयोग गरिने भएको छ। यो जहाजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुसेवा संचालन तथा अनुमति प्रमाणपत्र (एओसी) प्राप्त गरेर छिट्टै व्यवासायिक उडान थाल्ने उनले बताए। यो जहाजको दर्ता नेपालमा नै भएकोले विमानले नियमित उडान सुरु गर्ने पनि उनले बताए।
निगमले १० दिनभित्रमा प्राधिकरणबाट एओसी प्रकृया पुरा गरेर व्यवसायीक उडान सुरु गर्ने लक्ष्य राखेको उनले बताए। शर्माका अनुसार जहाजबाट २/३ दिनभित्रमा परीक्षण उडान गरिने छ। चेन्दु, मंडेला, कलकत्ता हुँदै चिनियाँ पाइलट क्याप्टेन रावर्टस ल्याम्वर्टस र क्याप्टेन मारिया एभिचन्र्दोन्कले काठमाडौं उडाएर ल्याएका उक्त विमान अवतरण पछि सांस्कृतिक परम्परा अनुसार पूजा गरिएको थियो।
जहाजलाई स्वागत गर्न त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ, नेपाल वायुसेवा निगम संचालक समितिका अध्यक्ष शिवशरण न्यौपाने, नेपालका लागि चिनियाँ राजदूत उ चिन्ताई, निगमका महाप्रवन्धक मदन खरेललगायत उच्चपदाधिकारीहरुको विमानस्थल पुगेका थिए।
चीनको एभिक कम्पनीमा निर्मित वाई १२ ई विमानले सन् १९८२ मा पहिलो उडान गरेको थियो। कम्पनीले सन् १९८५ देखि व्यावसायिक उत्पादन गरेको थियो। चीनले नेपाल वायुसेवा निगमले दोश्रो चिनियाँ जहाज नेपाल भित्र्याएको छ। निगमले चीन सरकारबाट अनुदानमा पाएको दोस्रो १८ सिट क्षमताको वाई १२ ई नामक जहाज सोमबार दिउँसो काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ। उक्त जहाज निर्धारित समयतालिका भन्दा साढे तीन महिना ढिला काठमाडौं आएको हो। चीनले कात्तिक १५ भित्र ६ वटै जहाज पठाइसक्ने सहमति गरेको थियो।
निगमले अनुदानमा पाएको पहिलो ५६ सिट एमए ६० क्षमताको जहाज गत बैशाखमा ल्याएर संचालन गरिरहेको छ। चीनबाट आउने ६ वटा जहाजमध्ये दुइवटा अनुदानमा र चारवटा सहुलियत ऋणमा उपलब्ध गराउने चीन र नेपाल सरकारले गरेको सहमति अनुसार अनुदानको दोस्रो विमान काठमाडौं भित्रिएको हो।
तर अब तीनवटा जहाज एकै पटक त्रिभुवन विमानस्थलमा अवतरण हुने पनि निगमका महाप्रबन्धक मदन खरेलले बताए। उनका अनुसार अब बाँकी जहाज ल्यउन पहिला जस्तो कठिन हुनेछैन। भविष्यमा आउने चार विमान मध्ये एउटा एम ए ६० र तीनवटा वाई १२ इ हुनेछन्।
निगमले सोमबार ल्याएको वाई १२ ई जहाज दुर्गम क्षेत्रमा उडानका लागि उपयोगी हुने उनले जानकारी दिए। हाल जहाज नहुँदा निगमले दुर्गम जिल्लामा उडान गर्न सकेको थिएन। दुर्गम जिल्लाका लागी नयॉै विमानले सेवा दिने उनले बताए। उनका अनुसार यस विमानले ९ एनएकेएस कल साइन पाएको छ। निगमले यो जहाजलाई कोइली नाम राखेको पनि खरेलले जानकारी दिए।
निगमले यस अघि ल्याएको पहिलो चिनियाँ जहाजले सुगम क्षेत्र अन्तर्गत विराटनगर, धनगढी, पोखरासहितका गन्तव्यमा नियमित उडान गरिरहेको छ। निगमले ल्याएको यो दोस्रो जहाज चेन्दु, मंडेला, कलकता हुँदै काठमाडौं आएको हो। जहाजलाई चिनियाँ पाइलट क्याप्टेन रावर्टस ल्याम्वर्टस र क्याप्टेन मारिया एभिचन्र्दोन्कले उडाएर ल्याएका थिए।

## |
0 comments:
...