### |
औषधि र अपरेशन बीनै मुटुरोगको उपचार
डा. प्रकाशराज रेग्मी
डा. प्रकाशराज रेग्मी बरिष्ठ मुटुरोग विशेषज्ञ हुनुहुन्छ। चिकित्सा विज्ञानं राष्ट्रीय प्रतिष्ठान (बीर अस्पतालमा) कार्डियोलॉजी यूनिटको प्रमुखका रुपमा कार्यरत डॉ. रेग्मी नेपालमा जीवनशैली परिवर्तन गरेर मुटुरोगको उपचार गर्ने एकमात्र चिकित्सक हुनुहुन्छ। उहाले भित्य्राउनु भएको जीवनशैली उपचार ले धेरै एंजीओप्लास्टी र बाईपास जस्ता आपरेसन गर्नु पर्ने मुटु रोगी बिना आपरेसन ठीक भएका छन भने हृदयघात भाईसकेका हरुपनि जीवनशैली परिवर्तन गरेर मुटुरोगको उचित व्यवस्थापन गारी स्वस्थ्य जीवन बचिरहेका छन। यशै सन्धर्वमा उहाले लेखेको यो लेख तपाईकालागी पनि लाभदायक हुन सक्छ।
औषधि र अपरेशन बीनै मुटुरोगको उपचार
सन् १९७५ ताका अमेरिकामा मेडिसिनमा अध्ययन गर्दै गरेका एक विद्यार्थीको दिमागमा महँगो मुटुरोगलाई कसरी सस्तो तरिकाले उपचार गर्न सकिएला भन्ने कुरा खेल्न थालेछ । त्यसबेला अमेरिका र युरोपमा मुटुरोगको महामारी थियो । हृदयाघात मृत्युको प्रमुख कारण बनेको थियो । बाइपास सर्जरी एक मात्र उपचार पद्धतिका रूपमा स्थापित थियो । बाइपास सर्जरी नै नगराईकन हृदयाघातसम्बन्धी रोग, मुटुको रक्तनली साँघुरिने रोगलाई कसरी ठीक पार्न सकिएला भन्ने चिन्तनको सुरुवात गर्ने अमेरिकी डा. डिन ओर्निसले गरेका हुन् । यी डाक्टरले गहिरो अध्ययन र विभिन्न अनुसन्धानद्वारा मुटुको रोगलाई धेरै हदसम्म उल्टाउन सकिन्छ भन्ने प्रमाण विश्वसामु प्रस्तुत गरिदिए । अमेरिका र युरोपजस्तो आर्थिक रूपले सम्पन्न ठाउँमा उनको चिन्तन र कार्यले त्यति ठूलो प्रभाव पार्न सकेन, तर नेपाल र भारतजस्ता आर्थिक रूपले पिछडिएको ठाउँमा भने उक्त चिन्तनले आज ठूलो प्रभाव पार्दै ल्याएको अनुभव गरिएको छ । हुन पनि हो, लाखौँ रूपैयाँ खर्च गरी उपचार गर्नुपर्ने रोगलाई पैसा खर्च नगरी खानपान नियन्त्रण, व्यायाम, ध्यान, योग, प्राणायाम आदि गरेर पूरै उल्टाउन सकिन्छ भने त्यसको पछाडि को नलाग्ला ? सबैले खोजेको कुरा हो– सस्तो मूल्यमा राम्रो र विश्वासिलो उपचार सेवा । तर, के यो साँच्चिकै सम्भव होला र ?
तत्कालीन राजा स्वर्गीय वीरेन्द्रलाई हृदयाघात भएपछि डा. मृगेन्द्रराज पाण्डेको प्रयासमा डा. डिन ओर्निस ०५५ मा नेपाल आएका थिए । उनले स्वर्गवासी राजालाई मुटुरोगबाट बच्न र भइसकेको हृदयाघातलाई उल्टाउन के–कस्ता सल्लाह दिए, त्यो डा. पाण्डेलाई मात्र थाहा होला, तर डा. ओर्निसले ०५५ माघ २६ गते होटल मल्लमा सर्वसाधारणलाई दिएको प्रवचन सुन्ने श्रोतामध्ये म पनि एक थिएँ । उनले त्यसबेला एकदमै मीठो शैलीमा जीवनशैली परिवर्तन, खानपान, ध्यान र योगबाट मुटुरोगलाई उल्टाउन सकिने तथ्य प्रस्तुत गरेका थिए । पश्चिमी संस्कृतिमा हुर्केका यी डाक्टरले पूर्वमा आएर पूर्वेली जनतालाई पूर्वीय समाज, संस्कृति र परम्पराबाट सिकेका कुरा सुनाए । हामी दङ्ग प-यौँ । एउटा विदेशी आएर हामीलाई हाम्रो स्वदेशी उपज योग, ध्यान, प्राणायाम, साकाहार आदि बारेमा सिकाएर मुटुरोगलाई यिनीहरूको प्रयोगबाट उल्टाउन सकिन्छ भनी ठोकुवा गरिदिए । हामीलाई पनि साँच्चै होजस्तो लाग्यो । त्यसपछि डा. डिन ओर्निसको बाटोबाट हिँड्ने अभियानको भारत र नेपालमा सुरु भयो ।
औषधि र चिरफारबिना मुटुरोगलाई उल्टाउन सकिन्छ भन्ने अटल विश्वास लिएर विभिन्न थरीका उपचार प्याकेजका साथ योगपीठहरू, प्राकृतिक चिकित्सा केन्द्रहरू खुल्ने क्रम जारी छ । भारतमा डा. डिन ओर्निसलाई पनि उछिनेर मुटुरोगलाई समाजबाटै समाप्त पार्ने, सबैखाले दीर्घरोगलाई जरैबाट उखेलेर निर्मूल पार्ने अभियानमा आज स्वामी रामदेव लागिपर्नुभएको छ । डा. डिन ओर्निस र स्वामी रामदेवजी महाराजले भनेअनुसार गरेमा मुटुरोग उल्टने, नियन्त्रण हुने, जरैदेखि उखेलिएर नियन्त्रण हुने या अन्य के–कसो हुने हो, त्यो गर्नेले नै अनुभूत गर्ला । तर, मूल कुरो यो हो कि स्वास्थ्यका लागि र मुटुरोगीका लागि फाइदा पक्कै पनि हुन्छ । डा. डिन ओर्निसले हामीलाई कुनै नयँ कुरा सिकाएका छैनन् । उनले हामीले बिर्सेका हाम्रै संस्कृति र परम्पराका राम्रा स्वास्थ्यबद्र्धक कुरालाई फूलबुट्टा भरेर, ताजा बनाएर हाम्रैसामु मीठो शैलीमा राखिदिएका मात्र हुन् ।
के हुन् त मुटुरोगलाई उल्टाउन सक्ने शक्ति भएका ती कुराहरू ? ती शक्तिशाली औषधिहरू हुन्– साकाहार, चिल्लोमुक्त आहार (जिरोफ्याट डाइट), धुम्रपान त्याग, योगासन, ध्यान, तनाव व्यवस्थापन, सकारात्मक चिन्तन र मायाप्रेम । यी औषधिबारे चर्चा गर्नुभन्दा पहिले यो बुझ्नु जरुरी छ कि के यसबाट सबैखाले मुटुरोग उल्टिन सक्छ ? अवश्य पनि सक्दैन । सबैखाले मुटुका रोग औषधि र चिरफारबिना निर्मूल पार्न सकिन्छ भन्ने भ्रममा कोही पनि बस्नुहुँदैन । यदि यो सम्भव हुन्थ्यो भने त आधुनिक चिकित्सा विज्ञानको कुनै आवश्यकता र उपादेयता नै रहँदैनथ्यो ।
हामीले स्पष्टसँग यो बुझ्नुपर्छ कि जीवनशैलीसँग सम्बन्धित मुटुका रोग उच्चरक्तचाप, मधुमेह, उच्चरक्त कोलेस्ट्रोल, युरिक एसिड, कोरोनरी मुटुको रोग, हृदयाघात आदिलाई डा. डिन ओर्निसले सिकाएको बाटोमा हिँडेको खण्डमा धेरै हदसम्म औषधि र चिरफारबिना पनि उल्टाउन सकिन्छ । हामीलाई सबैभन्दा बढी चिन्ताको विषय भनेको कोरोनरी मुटुको रोग र हृदयाघात हो, किनकि यो प्राणघातक छ । यसको उपचार पनि धेरै महँगो छ र उपचार गर्न चिरफार वा एन्जियोप्लास्टीको आवश्यकता पर्दछ । बिनाचिरफार यो रोगको उपचार गर्न सकिन्छ भन्ने बलियो आधार भएको खण्डमा कोरोनरी मुटुको रोगबाट पीडित, एन्जियोप्लास्टी वा बाइपास सर्जरीद्वारा उपचार गर्नुपर्ने अवस्थामा पुगेका धरै बिरामी यसबाट लाभान्वित हुन सक्ने थिए । के यो सम्भव होला त ? यसबारे छोटकरीमा चर्चा गर्न चाहन्छु ।
मुटुले राम्रोसँग काम गर्नका लागि मुटुका मांसपेसीहरूमा राम्रोसँग रक्तसञ्चार हुनुपर्छ । मुटुमा रक्तसञ्चार गराउने तीनवटा प्रमुख रक्तनलीहरू छन् । यी रक्तनलीको भित्री भागमा चिल्लोपदार्थ (कोलेस्ट्रोल) जम्मा हुन गएको खण्डमा रक्तनली साँघुरिँदै जान्छ र कुनै अवस्थामा रक्तनली पूर्ण रूपले बन्द हुन सक्छ । यस्तो भएमा मुटुका मांसपेसीहरूमा रक्तसञ्चारमा कमी आउँछ, मांसपेसीहरू क्रमिक रूपले मर्न थाल्छन् र हार्टफेल हुन्छ । यो रोगलाई कोरोनरी मुटुको रोग भनिन्छ । रक्तनली पूरै बन्द भएको खण्डमा हृदयाघात हुन्छ । धेरै साँघुरिएको वा बन्द भएको रक्तनलीलाई एन्जियोप्लास्टी वा बाइपास सर्जरीबाट उपचार गर्नुपर्छ । यो आजको आधुनिक चिकित्सा विज्ञान (एलोपेथी)ले सिकाएको पाठ हो । एलोपेथीले यो पनि सिकाएको छ कि यो रोग निर्मूल हुँदैन । यसकारण खानपानमा नियन्त्रण, व्यायाम, तनावमुक्ति, ध्रुमपान त्यागका साथै औषधिहरूको सेवन आदि उपायहरू जिन्दगीभर गर्नुपर्छ । एलोपेथीमा कोरोनरी मुटुको रोगको उपचारका तीन प्रमुख खम्बाको रूपमा औषधिसेवन, जीवनशैली परिवर्तन र एन्जियोप्लास्टी वा बाइपास सर्जरीलाई लिइएको छ । यी तीनवटै उपाय अपनाएको खण्डमा मात्र उपचार पूर्ण हुन्छ भन्ने मान्यता एलोपेथीमा रहेको पाइन्छ । हृदयाघातसम्बन्धी रोगको उपचारमा प्रयोग हुने औषधि महँगा छन्, किनकि तिनीहरूको आविष्कार र निर्माणकार्यमा धेरै लगानी भएको हुन्छ । एन्जियोप्लास्टी र बाइपास सर्जरीलाई लाखौँ रूपैयाँ खर्च लाग्छ, किनकि यसका लागि चाहिने उपकरणको मूल्य करोडौँ रूपैयाँ पर्छ । सस्तो र पैसै नपर्ने भनेको जीवनशैली परिवर्तन हो ।
कोरोनरी मुटुको रोगको मुख्य कारण भनेको रक्तनलीहरूमा चिल्लो जम्मा हुनु हो । यी चिल्लोपदार्थ भनेका कोलेस्ट्रोल र ट्राइग्लासेराइड हुन् । भोजनबाट यस्ता चिल्ला पदार्थ शरीरभित्र प्रवेश गर्दछन् । घ्यू–तेल, बोसो र गुलिया पदार्थबाट कोलेस्ट्रोल र ट्राइग्लासरोडको निर्माण हुन्छ । खानामा यस्ता पदार्थको नियन्त्रण गरेमा शरीरमा चिल्लो पदार्थ बढ्न र जम्मा हुन पाउँदैन, अनि प्रसस्त शारीरिक व्यायाम गरेको खण्डमा शरीरमा भएको बोसो पग्लिन्छ र रगतमा चिल्लो पदार्थको मात्रा घट्दछ । चुरोट, सुर्ती नखाने, सागपात र फलफूल धेरै खाने, मानसिक तनाव कम हुने भएमा रक्तनलीभित्र बोसो जम्मा भई रक्तनली साँघुरिँदै जाने र बन्द हुने प्रक्रिया कमजोर हुन्छ । अब एकपल्ट विचार गरौँ कि मासु नखाने (साकाहारी बन्ने), घ्यू–तेल थोप्पै नखाने, खानेकुरा उसिनेको मात्रै खाने, चिनी र मिठाई नखाने भएमा रगतमा चिल्लो पदार्थ एकदमै कम हुन पुग्छ । यसमाथि व्यायाम, योग र प्राणायाम पनि गरेको खण्डमा रक्तनलीमा पहिलेदेखि जमेर बसेको चिल्लो पदार्थ पग्लिन थाल्छ र साँघुरिएको रक्तनली खुल्न थाल्दछ । चुरोट–सुर्ती नखाने, मानसिक तनाव नलिने, हरियो सागपात र फलफूल धेरै खाने गरेपछि रक्तनली एकदम सफा हुन थाल्छ । यही सिद्धान्त हो मुटुरोगलाई चिरफार र औषधिबिना उल्टाउने भनेको । बोसो भरिएर साँघुरिएको मुटुको रक्तनलीलाई साकाहार, व्यायाम र तनावमुक्तिबाट सफा गरी साँघुरोपनालाई घटाउँदै लग्ने उपाय हो यो ।
तथापि, मुटुका जन्मजात रोगहरू (प्वाल परेको, मुटुको बनावटमै विकृति भएको, नसाहरू उल्टो भएको आदि)लाई जीवनशैली परिवर्तन गरेर पनि उल्टाउन सकिँदैन । रामदेवजी महाराजले सिकाउने कपालभाँती प्राणायाम र अन्य जेसुकै योगाभ्यास हजारपल्ट गरे पनि यो सम्भव छैन । यस्तै, बाथ, मुटुको रोगबाट बिग्रिएका भल्भहरूलाई ठीक पार्न जीवनशैली परिवर्तनबाट मात्र सम्भव छैन । हो, कोरोनरी मुटुका रोगीको साँघुरिएका रक्तनली, बढेको रक्तचाप, मधुमेह र कोलेस्टे«रोललाई जीवनशैली परिवर्तनबाट धेरै हदसम्म घटाउन सकिन्छ । एकदमै लागेर प्रयास ग-यो भने ९० प्रतिशत साँघुरिएको मुटुको रक्तनलीलाई ७० प्रतिशत वा सोभन्दा कमसम्म पनि खुलाउन सकिन्छ । क्याल्सियम जमेर कडा भइसकेको रहेछ भनेचाहिँ त्यो नसा उक्त विधिबाट खुल्दैन । स्पष्टसँग बुझ्नुपर्छ कि केही प्रतिशत कोरोनरी मुटुका रोगीहरूलाई औषधि र चिरफारबिना ठीक पार्न सकिन्छ, तर यसमा जोखिम प्रशस्तै रहन्छ । कुनै पनि बेला हृदयाघात हुन सक्ने रिस्क सधैँ रहिरहन्छ । जीवनशैली परिवर्तन गर्दा पनि छाती दुख्ने कम नभएमा, बढेको रक्तचाप नियन्त्रणमा नआएमा, रगतमा कोलेस्ट्रोल नघटेमा औषधिको सेवन गर्नैपर्छ । औषधि सेवनबाट पनि हृदयाघातको सम्भावना नघटेमा बाइपास सर्जरी एन्जियोप्लास्टीको विकल्प छैन । जिन्दगी एकपल्ट मात्र पाइन्छ, यसर्थ भरपर्दो विकल्प रोज्नु बुद्धिमानी हुन्छ ।
अन्त्यमा, कोरोनरी मुटुका रोगीहरू जसको मुटुका रक्तनली साँघुरिएका छन्, उनीहरू औषधि या चिरफारबिना रोगलाई उल्टाउने प्रयास गर्न चाहन्छन् भने जीवनशैली परिवर्तनका निम्न बुँदालाई नियमित रूपमा कडाइका साथ लागू गर्नुपर्दछ : १. साकाहारी बन्ने, २. धुम्रपान नगर्ने, ३. शरीरको तौल घटाएर आवश्यकभन्दा केही कममा राख्ने (दुब्लाउने), ४. दैनिक व्यायाम, ध्यान, योग, प्राणायाम गर्ने, ५. हरियो सागपात र फलफूल धेरै खाने, ६. चिल्लो पदार्थ एकथोपा पनि नखाने, ७. मानसिक तनावबाट पूर्णरूपेण मुक्त हुने, ८. मायाप्रेमको भावना बढाउने, ९. उच्चरक्तचाप, मधुमेह र उच्च कोलेस्ट्रोललाई नियन्त्रणमा राख्ने ।
कसैले पनि औषधि खाँदै खान्न जीवनशैली परिवर्तनबाट मात्र मुटुको रोगलाई उल्टाउँछु भनी जिद्दी गर्नु हुँदैन । बुद्धिमानी यसमा छ कि जीवनशैली परिवर्तनका साथसाथै रगत पातलो पार्ने एस्पिरिन, कोलेस्ट्रोल घटाउने औषधि र आवश्यक भएमा रक्तचाप र ब्लडसुगर नियन्त्रण गर्ने औषधिहरू पनि सेवन गर्नुपर्दछ । यी सब गर्दा पनि छाती दुख्ने भइरहेमा चाहिँ जिन्दगी बचाउन बाइपास सर्जरी वा एन्जियोप्लास्टीकै शरणमा जानुबाहेक अर्को विकल्प आजका दिनसम्म देखिँदैन ।

## |
0 comments:
...