### |
काठमाडौं : नेपाल यातायातको गाडीले काठमाडौंको शान्तिनगरमा जेब्राक्रसबाट बाटो काट्दै गरेकी एक महिलालाई ठक्कर दिएको छ ।
नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ आइरहेको नेपाल यातायातको बा३ख ८८४ नम्बरको गाडीले बाटो काटिरहेकी करिब ३५ वर्षीया महिलालाई केहीबेरअघि ठक्कर दिएको हो ।
गाडीको ठक्करबाट घाइते परिचय खुल्न नसकेकी ती महिलाको मिनभवनस्थित सिभिल अस्पालमा उपचार भइरहेको महानगरी प्रहरी वृत्त तीनकुनेका डिएसपी दानबहादुर कार्कीले अन्नपूर्णलाई बताए ।
दुर्घटना गराउने गाडी चालकलाई हिरासतमा लिइएको डिएसपी कार्कीले जानकारी दिए । गाडीलाई पनि प्रहरीले तीनकुनेस्थित प्रहरी कार्यालयमै राखेको छ ।

## |
0 comments:
...